केजरीवालले लिए तेश्रो पटक मुख्यमन्त्रीको सफथ

फागुन ४, नयाँ दिल्ली । आम आदमी पार्टी(आप) का नेता अरविन्द केजरीवालले तेस्रो पटक आइतवार दिल्लीको मुख्यमन्त्री पदको सपथ लिएका छन् ।

भारतको राजधानी नयाँ दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा उनले उपराज्यपाल अनिल बैजलसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सपथपछि सम्वोधन गर्दै उनले आजदेखि सवैको मुख्यमन्त्री भएको बताए । साथै उनले दिल्लीको हरेक जनताको खुशीका लागि काम गर्न कोसिस गर्ने पनि बताए ।

केजरीवालका साथ मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन र राजेन्द्र गौतमले मन्त्री पद तथा गोपनीयताको सपथ लिएका छन ।

केजरीवालले आफ्नो पछिल्लो सरकारको मन्त्रिपरिषद सदस्यलाई कायमै राखेका छन् तर मन्त्रीपरिषदमा महिलालाई सहभागिता गरेका छैनन । एएनआई