अस्ट्रेलिया र न्यूजील्यान्डको कारखाना बन्द गर्दै जीएम

न्यूयोर्क (अमेरिका) । अमेरिकी कार निर्माता जनरल मोटर्स (जीएम)ले आफ्नो अस्ट्रेलिया र न्यूजील्यान्डको कारखाना बन्द गर्ने निर्णय गरेको छ । कम्पनीले आफ्नो व्यवसायको पुनःसंरचनाको क्रममा यस्तो निर्णय गरेको हो । जीएमले आफ्नो थाइल्यान्डको कारखाना पनि विक्री गर्ने निर्णय गरेको छ । यसबाट कम्पनीलाई १ अर्ब १० करोड डलर आम्दानी हुने बताइएको छ ।

जीएमले नाफा नहुने बजारबाट उत्पादन हटाउने कार्यलाई तीव्रता दिएको छ । यसअघि जीएमले चीन बाहिरका आफ्नो व्यापारको पुनः संरचना पछि कम्पनीलाई उल्लेख्य नाफा हुने बताएको थियो । जीएमले २०१९ को कमजोर व्यापार पछि २०२० मा नाफामा वृद्धि हुने अनुमान गरेको छ । जीएमका अध्यक्ष तथा सीईओ मेरी बार्राले अहिले कम्पनीको ध्यान सही नीति रहेका बजारमा र विश्वव्यापी लगानीमा केन्द्रित गरेर भविष्यमा बजारमा जीएमको व्यापार सुधारिने बताइन् । अहिले जीएमले गरेको निर्णयबाट अस्ट्रेलिया र न्यूजील्यान्डका ६०० रोजगारी गुम्नेछन् । जीएमका अनुसार थाइल्यान्डको कारखाना विक्रीबाट १ हजार ५०० रोजगारी संकटमा पर्नेछन् । सन् २०१४ यता बार्राले व्यापारिक आकार र विश्वव्यापी उपस्थितिमा नाफालाई प्राथमिकता दिएकी छिन् । सन् २०१५ मा जीएमले इन्डोनेसियाको कारखाना बन्द गर्ने निर्णय गरेको थियो । सन् २०१७ मा पनि जीएमले आफ्नो यूरोपेली ब्रान्ड ओपेल र भउक्सहल प्युजेटलाई विक्री गर्दे दक्षिण अफ्रिकाको व्यापारबाट बाहिरिएको थियो । त्यसयता जीएमले भियतनाम, इन्डोनेशिया र भारतबाट बाहिरिने निर्णय गरिसकेको छ । एजेन्सी