महेन्द्रपुल–पालिखेचोकमा पार्किङ निषेध गरिएकोमा बिरोध

पोखरा ।
विगत एक महिनादेखी ट्रार्पिmक व्यवस्थापन गर्ने बाहनामा महेन्द्रपुलदेखी पालिखेचोकसम्म बिना बिकल्प पार्किङ निषेध गरिएकोमा ब्यवसायीहरुले बिरोध गरेका छन् ।
साँघुमुख महेन्द्रपुल वजार समिति,वुद्द विशाल वजार व्यापारीक एसोसियसन,फेन्सी तथा रेडिमेड व्यवसायी संघ,साँघुमुख टोल विकास समिति,जुत्ता व्यवसायी संघ, प्लाष्टिक व्यवसायी समितिले विना विकल्प नो पाकिङ्ग बोर्डहरु टाँसी पाकिङ्ग निशेध गरिएकोमा व्यवसायी,टोलवासी ग्राहकवर्गमा निकै असर परेकोमा महानगरकापालिको ध्यानार्कषण गराएका छन् ।
विना विकल्प नो पाकिङ्ग गरिएकोमा चाडो भन्दा चाडो समस्या समाधान गरी एकतर्फी पार्किङ खुलाउन व्यवसायीहरुले माग गरेका हुन् । महानगरपालिकाले व्यवसायी तथा टोलवासीको मागलाई चाडो भन्दा चाडो समाधान गरी समयमानै समाधान गर्न आग्रह गरेका छन् ।
हालै विगत एक महिनादेखी महेन्द्रपुल वुद्द विशाल वजार चोक देखी पालिखेचोक सम्म बिना बिकल्प पार्किङ निषेध गरिएकोमा स्थानियवासी तथा ब्यवसायीहरुले चर्को बिरोध गर्दे आएका छन् ।

Keshab Khatri को फोटो।