भारत–अमेरिकाद्वारा बौद्धिक सम्पत्ति अधिकार सम्झौतामा हस्ताक्षर

फागुन ८, नयाँ दिल्ली (भारत) । भारत र अमेरिकाले बौद्धिक सम्पत्ति अधिकार ( आईपीआर)सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमण अघि दुई देशले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

मन्त्रीपरिषद्ले बुधवार आईपीआर सम्झौतालाई पारित गरेको सूचना तथा प्रसारण मन्त्री प्रकाश जाभदेकरले बताएका छन् ।

सम्झौताले दुबै पक्षको आईपीआर प्रणाली बलियो बनाउने बताइएको छ । अमेरिकी चेम्बर्स इन्टरनेशनल आईपी सूचकांकमा भारत ४० औं स्थानमा झरेकै बेलामा सम्झौता भएको छ ।

अन्य देशका आईपी कानूनका कारण अमेरिकी कम्पनीले व्यापारमा अवरोध झेलिरहेका छ कि छैन भनेर पहिचान गर्ने यस सूचकांकमा भारतको वरियता लगातार खस्किदै गइरहेको छ । ट्रम्प फेबु्रअरी २४ –२५ मा भारतको भ्रमणमा आउँदैछन् ।

बौद्धिक सम्पत्तिको अनुचित व्यवसायीक प्रयोग रोक्न प्रभावकारी प्रणाली नरहेको भन्दै गत वर्ष अमेरिकाले भारत आलोचना गरेको थियो । एजेन्सी