नैतिकताको आधारमा राजीनामा दिएँ : बाँस्कोटा

काठमाडाै ८ फागुन–सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका गोकुल बास्कोटाले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।

राजीनामा दिएको लगतै ट्वीट गर्दै उनले भनेका छन्, ‘मेरोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु । धन्यवाद ।’

मन्त्री बाँस्कोटा र स्वीट्जरल्याण्डको कम्पनी केबीए नोटासिसका नेपाली एजेन्ट विजयप्रकाश मिश्रबीच लेनदेनसम्बन्धी संवादको अडियो बाहिरिएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् ।