स्मृतीमा न्यायमुर्ती वास्तोला र न्यायप्रतीक

विनोद रोका, एर्टनी एट ल, न्युर्योक

न्यायमुर्ती गजेन्द्र केशरी बास्तोलाको जन्म १९८५ सालमा तत्कालिन वाग्मती अंंचल, ललितपुर जिल्ला, पाटनमा भएको थियो। वहाले २०१० सालमा एप्रिन्टिसको पदमा कानुन सेवामा प्रव्श गर्नु भएको थियो। सेवारत रहेकै अवस्थामा अध्ययनको अवशर पाई २०१४ सालमा बम्वई विद्यवविद्यालयबाट एलएलबिको उपाधि हासिल गर्नुको थियो। अनि बम्वई राज्यको राज्य सचिवालयमा बसी करीब एक बर्षसम्म ऐन कानुनको मस्यौदा र विवाद सम्वन्धि बिषयमा विशेष तालिम समेत प्राप्त गर्नु भएको थियो। वहाले मन्त्रालय, अन्चल अदालत, क्षेत्रिय अदालत, अख्तियार लगायतका निकायमा सेवा गरी २०३८ श्रावणमा सर्बोच्च अदालतको न्यायाधिश पदमा नियुिक्त। वहाले २०५० सालमा अनिवार्य अवकाश लिनु भयो। र वहाको २०५० सालको फागुनमा वहाको स्वर्गारोण भयो।

न्यायमुर्ती वास्तोलाज्युलाई मैले २०३८ सालमा सर्बोच्च अदालतमा रहेको ऊहाकै ईजलाशमा भेटने मौका पाएको थिए। त्यसबेला म ल कलेज काठमाण्डौमा स्नातक तहमा अध्ययन गर्दै थिए। देशमा पंचायती व्यवस्था थियो। बामपन्थी खेमाका प्राध्यापक एवं विद्यार्थीहरुको बिचारलाई संम्प्रेषण गर्न ल कलेजमा अध्ययनरत गोपाल शिवाकोटी चिन्तन पैरवी निकाल्थे। जस्मा प्राध्यापकहरु श्ुाभाष नेम्वांगदाईहरुको सहयोग रहेको थियो। यसै मेसोमा २०३८ सालमा प्रजातान्त्रीक खेमामा सकृय वकिल हरिहर दाईले मलाई “न्यायप्रतीक” पत्रिका निकाल्ने प्रेरणा दिनु भो। र प्राध्यामकहरु बद्रि बाहादुर कार्की र रजितभक्त प्रधानांग लगायतले सहयोग पुरयाऊनु भो। पत्रिकाको लोगोको अवधारणा न्यायमुर्ती वास्तोलाले बनाई दिनु भयो।

न्यायमुर्ती बास्तोलाले बनाएको न्यायप्रतिक पत्रिकाको लोगोमा आखामा पटिृ नबाधिएकी, हातमा कानुनको किताब, तराजु,, र खडगनिशान लिएकी देवीको चित्र थियो। मैले ऊहासंग आधुनिक न्यायप्रणालीमा रहने आखामा पटिृ, कानुनको किताब,र तराजु लिएकी देवीको प्रसंग उठाउदा उहाले भन्नु भयो ैहेर तिमिहरु आजको पश्चिमा विधिशास्त्र हेरेर न्याय र कानुनका सबै शिद्धान्तहरु पश्चिमबाट आएका भन्छौ त्यो होईन, यी न्यायका शिद्धान्तहरु त हाम्रा पुर्विय वैदिक साहित्यमा हजारौ बर्ष अगाडी देखि चलि आएका छन भन्दै वेद, गीता, उपनिषद, पुराण, मनुस्मृती, याज्ञवलक्य स्मृती आदिमा उल्लेखीत उद्धरणहरु दिनु हुन्थ्यो। अनि भन्नु हुन्थ्यो हाम्रो पद्धतीमा एउटा विवादमा प्रतिपादित भएको विवादको नजीरले त्यहि किसिमका तथ्यहरु भएका पछिल्ला सबै मुद्दामा न्याय नपर्न पनि सक्छ। जस्तो कि धान कुटेर चामल निकाल्दा भुस फाल्न निफनिन्छ। तर पनि निफनेको चामलमा बिया बाकी रहन सक्छ। र निफनि सकेपछि रहेको बियालाई केलाएर चामलबाट निकाल्नु पर्दछ। हम्रो पद्धतीमा न्यायकर्ताले नजिर मिल्यौ भनेर मात्र पुग्दैन, त्यो नजिरले न्याय विरुपण गरिन लागेको विवादमा न्याय परयो कि परेन भनेर विवेकपुर्वक हेर्नु पर्दछ। यदि परेन भने नजीरको फैसला होईन विवेकको फैसला गरेर न्याय प्रदान गर्नु पर्दछ। तर पश्चिमा नजीरबादीहरु यसो गर्न चाहादैनन। े।

यो न्यायप्रतीक पत्रिकाको कारणले मैले सर्बोच्च अदालत र अन्य अदालतका न्यायाधिशरु, अधिकृतहरु जो अहिले उच्च अदालतमा न्याय सम्पादनको कार्य गरि रहनु भएको छ। कानुनका प्राध्यापक, सरकारी वकिलहरुको सम्पर्कमा पुग्ने मौका पाए। सहपाठी मित्र, सहकर्मी र सहयोगी भाईहरु, र सल्लाहकारहरुको सहयोगले मैले यो पत्रिकाको सम्पादन र प्रकाशन गर्ने काम १९९८ सम्म अमेरीका आऊनु भन्दा अगाडीसम्म गरे। र मित्र नारायण घिमिरेजी सहगोगी सम्पादकको रुपमा रहनु भयो।

म चियाको ब्रेकमा बास्तोला श्रीमानको ईजलाशमा जान्थे। मलाई ऊहा कालो चियाले सत्कार गर्नु हुन्थ्यो। ऊहाले समकालीन बिषयका बारेमा सोध्ने र आफना धारणाहरु सुनाऊनु हुन्थ्यो। न्यायमुर्ती बास्तोलाले पत्रिकामा प्रकाशनका लागि दिने लेखहरु ह्स्तलिखित नै हुने गर्दथे। पत्रिकामा छापिने लेखहरुको प्रुफ म आफै हेर्दथे। तर मेरो भाषामा रहेको अल्पज्ञानले गर्दा ऊहाले मलाई लेखको अन्तिम प्रुफ लिएर चियाको समयमा सर्बोच्चमा आऊने सल्लाह दिनुहुन्थयो।र म ऊहालाई भेटन जान्थे।

मलाई पाठकहरुले भन्थे हैन वास्तोला श्रीमानको लेखमा किन यति लामो पाद टिप्पणी राखेको? किनकि ऊहाले लेख्ने कतिमय कानुनी लेखमा लेखका अंश भन्दा बढी पुर्विय न्यायका शिद्धान्तहरु पादटिप्पणीमा रहने गर्दथे। म ऊहालाई ती अरुले गरेका टिप्पणीहरु सुनाऊथे। ऊहा भन्नुहुन्थयो तिमिहरु म जस्तालाई पुरातनवादी भनेर हेला गर्छौ। मैले मेरा लेखमा पश्चिमाहरुले गरेका फैसला र प्रतिपादन गरेका कानुनी शिद्धान्तहरु समावेश गरेको कारण छ। त्यो कारण के हो भने ती शिद्धान्तहरु हामीकहा हजारौ बर्ष अगाडी नै प्रचलनमा रहेको थिए भन्ने तथ्य आधुनिक शिक्षा पढनेहरुलाई बुमmाऊन ती पाद टिप्पणी लेखेको हु। पढेर त हेर अनि बुमmछौ किन लेखेको भनेर। ऊहाले एक पटक भन्नु भएको थियो हेर विरेन्द्रराजाले लालमोहर लागेको मात्रै कानुन हुन्छ र? मैले गरेको फैसला पनि नजीर हो। र कानुन सरहकै मान्यता पाऊछ।

राजाले लालमोहर हानेको कानुन भन्दा पनि न्यायिक फैसलामा बोलिएको कानुन दिगो र टिकाऊ हुन्छ। ऊहाका बिचारहरु सबै सही नहोलान तर मलाई अहिलेसम्म पनि उहाका बिचारहरु सान्र्दभिक लाग्दछन। जस्तो कि आधुनिक विधिशास्त्रमा सालमण्ड, सिसिरो, ए.जे.हार्ट आदिका बिचारहरुको बाहुल्यता रहेपनि जोन अष्टिनको बिचार कानुन पालनामा दण्डको भए नराखिने हो भने कसैले पनि गर्दैनन भन्ने जस्ता बिचार आलोचित होलान तर आसान्र्दभिकै छैनन।

मैले २०४० सालमा अधिवक्तो प्रमाणपत्र पाए। अनि सर्बोच्च बारको सदस्य भए। ऊहा अध्ययन र अभ्यासमा बढी मेहनत गर भन्नुन्थ्यो। वास्तोला श्रीमानले मलाई मध्यमान्चल क्षेत्रिय अदालतमा वैतनिक वकिलको लागि शिफारिश गरिदिनु भो। मुख्य न्यायाधिश मोहन प्रसाद शर्माले मलाई दुई अवधिसम्मका लागि काम गर्ने मौका दिनु भो। अनि सर्बोच्च अदालतमा पनि एक पटक वैतनिक वकिल भए। ऊहासंगको सम्पर्कले गर्दा मैले सर्बोच्च अदालतका तत्कालीन अन्य न्यायमुर्तिहरु र सर्बोच्चमा कार्यरत रहनु हुने आनन्दमोहन भटृराई, शेषराज शिवाकोटी, काशिराज दाहाल, शंकर कुमार श्रेष्ठ, डिल्लीराज आचार्य लगायतका विद्धान व्यक्तित्वहरुबाट लेख रचनाहरु पाऊने गर्दथे।

यही प्रत्रिकामा संलग्न रहेको कारणले गर्दा म सर्बौच्च अदालतमा म अधिवक्ताको हैसियतले वकालत गर्न गएको पहिलो बर्ष २०४१ मै जस्तो लाग्छ दमननाथ ढुंगानाको अध्यक्षतामा गठित सर्बोच्च बारको कार्य समितिमाको सदस्य हुने मौका पाए। यस बेला वैद्यनाथ उपाध्याय सचिव हुनुहुन्यो। किनकि म सर्बोच्च बारको लागि अपरिचित अनुहार थिईन। सबैले मलाई माया गर्नु भयो। मैल २०४६ सालको जन आन्दोलनको समयमा रामगोपाल श्रेष्ठको अध्यक्षतामा गठिन कार्य समितिमा सर्बोच्च अदालत बारको सचिवभै काम गर्ने अवशर पाए। आन्दोलनमा सकृय हुने् अवशर मिल्यो। सर्बोच्च बारको कार्य समितिले बहुदलको माग गर्दै पारित गरेको प्रस्ताव बोकेर बारका अग्रज सदस्य श्रीहरि अर्यालको मोटरसाईकलमा चडेर सो प्रस्ताव जमलमा लिएर जाने मौका पाएको थिए। किशुनजीले त्यो पत्र पाऊने वित्तिकै बारलाई धन्यवाद दिएर सो पत्र अंग्रेजीमा पनि अनुबार गरेर प्रचार गर्ने आदेश दिनु भएको थियो।

त्यसपछि मैले नेपाल बारको कार्य समितिमा लक्ष्मण अर्यालको अध्यक्षता सदस्यको हैसियतले काम गर्ने अवशर पाए जस्मा शुभाष नेम्वांग सचिव, कृष्ण प्रसाद पन्त, मोहनकृष्ण खरेल आदि पनि सदस्य रहनु भएको थियो। मैले यहि समयमा न्यायदुतको सम्पादक मण्डाल र प्रकाशन समितिको सदस्य भै काम गर्ने अवशर पाए। २०५३ सालमा नेपाल बारको सचिव पदको प्रजातान्त्रि समुहको तर्फबाट उम्मेदवार भै हरिकृष्ण कार्कीसंग प्रतिस्पर्धा गर्ने अवशर पाए। म अप्रिल ५, १९९८ अर्थात २०५४ चैत्र २३ गतेका दिन अमेरीकाको न्युयोक शहरमा आई पुगे जुन दिन संयोगले मेरो जन्मीएको दिनसमेत परेको रहेछ।

हाल म न्युर्योक शहरमा व्यवसाय गरेर बसी रहेको छु। स्मृतीमा न्यायमुर्ती बास्तोला र न्यायप्रतीक पत्रिकालाई स्मरण गर्ने गर्दछु। त्यसैले मैले विनोद रोका “न्याय प्रतीक सम्मान” कानुनी राज, स्वतन्त्र न्यायपालीका, र निष्पक्ष न्याय सम्पादनका लागि विषेश योगदान पुरयाऊने स्वदेश वा विदेशमा रहनु हुने व्यक्ति वा निकायलाई प्रदान गरियोस। उक्त सम्मानको लागि सर्बोच्च अदालत बार एशोसियसनको अक्षयकोषमा ३ लाख ५१ ह्जार रुपैया जम्मा गरी सोबाट आऊने व्याजबाट उक्त सम्मान प्रत्येक दुई बर्षमा सर्बोच्च अदालत बारले आफनो बार्षिक कार्यक्रमका दिन वा यस्तै समारोहका दिन प्रदान गरोस। अनि सम्मानपत्रमा सर्बोच्च अदालतका तत्कालीन न्यायाधिश स्व. गजेन्द्र केशरी बास्तोलाज्युले न्यायप्रतीक पत्रिकाको लागि बनाईदिनु भएको लोगो रहोस भनि २०७६ सालमा अनुरोध गरेको थिए। जस्लाई अध्यक्ष बरिष्ट अधिवक्ता खगेन्द्र अधिकारीजीले नेतृत्व गरेको कार्य समितिले स्वीकार गरेर मलाई आभारि बनाएको छ। तर लोगोमा भने ऊहाहरुको सहमति हुन सकेन।