कहरमा बॉचेको जिन्दगी

नदिया

ठेलाम ठेल, हल्ला र भागदौडको भिड,
कहिल्यै नसुत्ने यो ब्यस्त सहर
कोरोनाको आक्रान्तले चुपचाप छ अचेल
गगनचुम्बी कंक्रिटको सुनसान सहर यो
क्रुर कोरोनाको बिगबिगीमा
बाह्य पदचाप सुनिदैन आजभोली
चार दिवार भित्र बन्दी जीवन बाँच्न विवश छ
फगत बॉचेको नौटंकी गर्दै
पल-पल मर्नुपर्ने
यो कहरको जिन्दगी !
बाहिर कोरोनाको भय,
भित्र अनेक छटपटी र चिन्ता
अनगिन्ती दिन,महिना कुर्दै
अनिश्चित भविष्य बोकेर
बाँच्नै पर्ने जिन्दगी
भोलि उदाउने सुन्दर बिहानीको आशामा !!
हिड्दै गर्दा एकाएक रोकिएका पाइलाहरुले
थाह छैन फेरी फेरी
आफ्नो गन्त्व्य भेट्ने हो या होइन
त्यसैले,
बॉकी जिन्दगी कहरमै सही
सुरक्षित बाँचौ,
स्वस्थ बाँचौ,
घरभित्रै बसेर बाँचौ !!!