टेक्ससको अस्टिनमा दुई नेपालीमा काेराेनाभाइरस संक्रमण

टेक्सस– अमेरिकाको टेक्सस राज्यको राजधानी अस्टिनमा बस्दै आएका दुई नेपालीमा कोरोनाभाइरस संक्रमण पृष्टि भएको छ ।

स्थानिय समाजिक अभियान्ता देवराज न्यौपानले ग्यासस्टोरमा काम गर्ने दुई नेपालीमा कोराना संक्रमण भएको पृष्टि गरेका छन् । उनिहरुको नाम भने गोप्य राखिएको छ ।

उनले सामाजिक संजालमा पोष्ट गदै एउटै कोठामा बस्दै आएका पा“च जना नेपाली मध्य दुई जनामा परीक्षणका क्रममा पोजेटिभ देखिएको हो । संक्रमित मध्ये एक जनाको निमोनियाको स्टेज भएकोले उपचार भइरहेको छ ।

भने थप एक जनालाई अस्पताले सेल्फ क्वारेन्टाइनमा बस्नका लागि घर पठाइदिएको गराइरहेको न्यौपानेले बताएका छन् ।

टेक्ससमा पनि कोरोनाभाइरस संक्रमण बढदै गएपछि नेपालीहरुमा त्रास बढेर गएको छ । केही नेपालीमा संक्रमण देखिए पनि यसबारेमा नेपाली निकायहरुले आधिकारिकता पुष्टि गरेका छैनन ।
साभार युसनेपाल पोष्ट