अमेरिकामा एकै दिन १० हजार नयाँ संक्रमित

चैत १३ गते – संयुक्त राज्य अमेरिकामा एकैदिन १० हजार बढी नोभेल कोरोना (कोभिड–१९) का बिरामी फेला परेका छन् ।

बुधबार मात्र देशभर थप १ सय ५५ जनाको ज्यान गएको थियो । पछिल्लो तथ्याङ्कअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या अमेरिकामा ९ सय ३५ पुगेको छ । संक्रमितको संख्या भने झण्डै ६६ हजार छ । एजेन्सी