के गर्दै छन् त लकडाउनमा अमेरिकाका नेपाली ?

विष्णुप्रसाद पौडेल
नेपालय
न्युयोर्क
संसारभर फैलिएको कोरोना भाइरस को संक्रमण बाट हजारौँ मानिसलाई असर गरेको यो दुखद घडी सँगै अमेरिकामा रहेका नेपालीहरू पनि यसको चपेटामा परेको छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण यति बेला आम नागरिक त्रसित छन् भने नेपालीहरू पनि त्यसबाट अछुत हुनु कुरै भएन ।
अमेरिकी सरकारले विभिन्न राज्यमा लकडाउन गरेको यो अवस्थामा अमेरिकामा रहेका नेपालीहरू विगतमा विभिन्न काममा अति व्यस्त भई रहने नेपालीहरू हिजो आज के गर्दे छन् भन्ने जिज्ञासामा नेपालीकांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट भने यति बेला विगत भन्दा बढी व्यस्त छन् । जनसम्पर्क समितिको मेडिकल टिम सगं सहकार्य गर्दे नेपालीहरूलाई सहयोग गर्दे आएका छन् । न्युयोर्कमा हालै गठन भएको आपतकालिन सहयोग समितिलाई मास्क तथा सेनेटाईजर लगायत सामाग्री दिने देखी लिएर आवश्यक परेको नेपाली परिवारहरूलाई पनि वितरण गरेको विष्टले बताएका छन् ।
एनआरएनए आइसिसी का सल्लाहकार तथा जनसम्पर्क समितिका नेता हरीबोल भण्डारी पनि आफ्नो दिनहुँ गरिरहने काममा नै व्यस्त छन् । आफू काम गर्ने क्षेत्रमा खासै धेरै कोरोनाको असर नभएकोले दिनहुँ काममा नै व्यस्त रहने र बाँकी समय कोरोना बाट प्रभावितहरूलाई दाल चामल वितरण गरिरहेका छन् ।
एनआरएनए आइसिसीका सचिव एवं समाजसेवी गौरीराज जोशी पनि यो लकडाउनको समय परिवार सँगै घरमा बस्ने तथा मुभी हेर्ने र नयाँ पुस्तक पढ्ने गरेका छन् भने अमेरिकामा रहेका नेपालीलाई कोरोनाबाट बच्नको लागी सरसल्लाह दिने काममा व्यस्त छन् ।

एनआरएन अमेरिकाका पूर्व अध्यक्ष डा केशव पौडेल पनि यती बेला झन् व्यस्त रहेका छन् आफ्नो नियमित काम अस्पतालमा बिरामीहरूको सेवामा लागी परेका छन् भने जनसम्पर्क समितिको मेडिकल टिम मार्फत अमेरिकामा बस्ने नेपालीहरूलाई विभिन्न सल्लाहा दिनुको साथै न्यु योर्क तथा टेक्सासबाट व्यक्तिगत रूपमा पनि धेरै नेपालीहरूले फोन गरी सल्लाहा मागी रहेका र यो अवस्थामा उनीहरूलाई मद्दत गर्ने लगायतका काममा व्यस्त रहेको डा केशव पौडेल बताउँछन् ।

प्रवासी नेपाली एकता मञ्चका संयोजक टेक गुरुङ पनि आफ्नो कार्य क्षेत्र मेडिकल क्षेत्र भएकोले बिदा नमिलेकोले जसरी पनि आउनु पर्ने बाध्यता भएको र संस्थागतरुपमा कोरोनाबाट प्रभावित नेपालहरूलाई सहयोग गर्ने साथीहरुसगं सल्लाहा भइरहेको र छिटै नै अभियानमा लाग्ने बताउँछन् ।

त्यसैगरी अमेरिकामा सक्रिय रुपमा पत्रकारिता गरिरहेका खसोखासका प्रधान सम्पादक किशोर पन्थी भने अमेरिकामा फैलिएर यसले नेपाली समुदायलाई परेको असर तथा कोरोनाको बारेमा जनचेतना मुलक समाचार तथा जानकारी दिदै आएका छन् । त्यसका अलावा उनले सिनेमा हेर्ने, परिवार तथा साथीभाईहरूसँग फोनमा गफ गर्नेुका साथै मेल रोबिन्सको ‘फाईभ सेकेण्ड रुल’ भन्ने पुस्तक अध्ययन गरिरहेका छन्


नेपाल अमेरिका पत्रकार सघंका कार्यवाहक अध्यक्ष बिकाशराज न्यौपाने भने कोरोना भाइरसले गर्दा व्यापार व्यवसायमा असर परे पनि यो समयमा परिवारलाई धेरै समय दिन पाएकोमा खुसी छन् । उनको डेली सेडियुल परिवर्तन आएको छ, काउन्टी सरकारले ‘इस्टे होम ‘ अर्डर गरेपछि अत्यावश्यक काम बाहेक घरबाट निस्किएका भने छैनन् ।
फुर्सदिलो समयको सदुपयोग गर्दै, घरमै बसेर किताबहरू अध्ययन गर्ने, शारीरिक ब्यायम गर्ने र विश्व समाचार हेर्दै दिन बिताउँदै गरेको न्यौपाने बताउँछन् ।
विश्वका अधिकांश मुलुक यो संक्रमणका कारण आतङ्कित छन् । यतिखेर हरेक देश कोभिड. १९ नाम दिइएको यो भाइरसको सन्त्रासका कारण ठप्प हुन पुगेका छन् । जसका कारण विश्व अर्थतन्त्र समेत तहसनहस हुन पुगेको छ ।
त्यसै गरी सिकागोमा ब्यबासाय गर्दे आएका बाला घिमिरे पनि यति बेला रेस्टुरेन्ट व्यवसाय नै बन्द गरेका छन् । परिवार सहित घरमै बसेका घिमिरे लामो समय पछि पारिवारिक समय पनि मिलेको र तर समाचारहरूमा अपडेट भइरहँदा धेरै दुख लागेको । यो आतङ्क कहिले र कसरी पार हुनुहोला भनेर सोचिरहेका छन् । नेपालमा अस्तिसम्म कुनै घटना नसुन्दा केही राहत थियो तर अहिले उताको पनि धेरै चिन्ता लागेको छ । अहिले नेपाली समुदाय संसारभर सम्भव भए सम्म धेरै भन्दा धेरैसँग अपडेट हुने प्रयासमा गरेको र यो रोगबाट बच्न आफू अनि अरूलाई पनि सकेसम्म सचेतना दिँदै चाडै मुक्तिको कामना गरेका छन् ।
त्यसै गरी पत्रकार सूर्य थापा पनि सबै जना जस्तै निकै चिन्तित छन् । उनी बस्ने सहर पनि लकडाउन भएको छ तर उनी आफै पनि सानो व्यवसायमा संलग्न भएको र उनको व्यवसाय अत्यावश्यक सेवामा राखेको व्यवसाय भएकोले केही घण्टा काममा पनि जानु पर्ने हुने र लामो समय पछि परिवारसँगै बस्न पांउदा एक खालको आनन्द पनि भएको बताउँछन् । थापाका साना छोरीहरू छन् उनीहरूसँग रमाउने मौका मिलेको र नजिकैका साथीहरू धेरै जना नजिकै छन् तर पनि भेटघाट गरेको छैन फोनमा कुरा गर्ने र समाचारहरूमा अपडेट हुने गरेका छन् । मौका मिलेसम्म अमेरिकामा देखी नेपालसम्मको नेपालीलाई केही अपडेट हुन खालका लेख लेख्ने र फेसबुक लाइभ मार्फत कोरोनाको जनाकारी दिने काम पनि गरेको छन् ।
कास्की समाज अमेरिकाका अध्यक्ष कुल गुरुङ पनि सबैलाई घरमा बस्न अनुरोध समेत गरेका छन् भने घरमा बसी साथीभाइ तथा आफन्तहरुसगं फोन गर्ने नेपाली गीत सङ्गीत सुन्दै दिन बितेका बताउँछन् ।