जिपी कोइराला फाउण्डेशनद्धारा सहयोग आवश्यक परेमा सम्पर्क गर्ने अनुरोध

कोरोना भाईरसले बिश्वलाई नै तहसमहस गरेको यो अबस्थामा अमेरिकामा रहेका नेपालीहरुलाई पनि यसले धेरै नै प्रभाब पारेको छ यसै क्रममा बिभिन्न नेपाली संस्थांहरु पनि सक्रियरुपमा लागेका छन् । यसै क्रममा जिपी कोइराला फाउण्डेशनले पनि कोरोनाबाट असर गरेका नेपालीहरुलाई सहयोग गर्नेका लागी बिज्ञप्ती मार्फत समेत अनुरोध गरेको छ ।

आदरणीय अग्रज ज्युहरु, समाजसेवी ज्युहरु, पत्रकारज्युहरु, सबै समुदायका नेतागणज्युहरु, दाजु-भाई दिदी-बहीनीहरु एवम् साथीहरु मा नमस्कार। हजुर र हजुरको स-परिवार सबैजना सकुशल हुनुहुँन्छ भन्ने पुर्ण विश्वास लिएका छौं। कोरोना भाईरसको डरलाग्दो संक्रमणबाट सुरक्षित रहनु होला भन्दै भगवान् सँग प्रार्थना गरीरहेका छौं। कृपया घर भित्रै बस्नुहोला। सचेत रहनुहोला। आफ्नो स्वास्थयको ख्याल राख्नुहोला। यस महामारी मा कुनै आपत् विपत् झोलीरहनु भएका नेपालीहरु एवम् सबै समुदायका जनताहरु लाई जि.पी. कोइराला फाउण्डेशन ले अमेरिका संघीय सरकार, न्यु-यार्क राज्य सरकार, न्यु-यार्क शहर मेयर कार्यालय, क्वीन्स बोरो प्रेसीडेन्ट कार्यालय, ब्रुकलीन बोरो प्रेसीडेन्ट कार्यालय र प्राय सबै निर्वाचित अधिकारीहरू हरुसंग हातेमालो र सहकार्य गर्दै कोभीड-१९ को महामारी मा यस फाउण्डेशनले आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने कुरा अबगत गराउन चहान्छौं।गिरीजा वावु को भनाइ याद आयो: ” म जे सक्छु त्यो गर्छु”। “सेवा नै धर्म हो”।जय होस सबैको।

हामीलाई सम्पर्क गर्ने फोन नम्बर: उपाध्यक्ष सुवर्ण लामा (917) 254-3048
समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा (347) 652-3683
महिला संयोजक दावा शेर्पा +1 (347) 684-9859
केन्द्रीय सदस्य राम चन्द्र अधिकारी +1 (201) 657-4180
केन्द्रीय सदस्य प्रेम पौडेल (917) 251-3808
कृयासील सदस्य सुर्य सिमखडा (347) 419-5009
भवदीय, सोमनाथ घिमीरे अध्यक्ष जि. पी. कोइराला फाउण्डेशन अमेरिका एवम् परिवार 917-742-7566