कोरोना भाइरस विरुद्धको लडाईंमा अमेरिकाले नेपाललाई दियो २१ करोड सहयोग

१५ चैत – संयुक्त राज्य अमेरिकाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाईंमा नेपाललाई आर्थिक सहयोग गर्ने भएको छ ।

कोभिड–१९ को महामारीबाट आफैं सबैभन्दा बढी प्रभावित भएको अमेरिकाले नेपाललाई १८ लाख अमेरिकी डलर अर्थात २१ करोड सहयोग गर्ने घोषणा गरेको हो ।

उसले शुक्रबार विभिन्न ६४ मुलुकलाई १७ करोड ४० लाख डलर सहयोगको घोषणा गरेकामा त्यसमा नेपाल पनि परेको हो । उक्त रकम महामारी नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री, औषधि र उपकरणमा खर्च गरिने छ ।

अमेरिकाले नेपालसँगै सार्क मुलुकका अफगानिस्तानलाई ५० लाख, बंगलादेशलाई ३४ लाख, भारतलाई २९ लाख र श्रीलंकालाई १३ लाख सहयोग घोषणा गरेको छ । एजेन्सी