लिम्बुको दाहसंस्कार गरियो आज ।


नेपालय
न्यु योर्क
न्युयोर्कमा कोरोबाट स्रकमण भई मृत्यु भएका अनिल लिम्बुको दाहसंस्कार आज दिउसो २ः३० बजे ग्रिनउड सिमेट्रीले गरेको छ ।
नेपाली जनसम्पर्क समितिका महासचिव मुनेन्द्र नेम्बाङ्गका अनुसार लिम्बुको लासलाई परिवारका सदस्यहरूको सहमतिमा सिमेट्रीले जिम्मा लिएर आजै एल्महस्ट अस्पतालबाट लगेर दाहसंस्कार गरेको छ ।
नेम्बाङ्गका का अनुसार ११ सय डलर तिरेर ग्रिनउड सिमेट्र जिम्मा दिएको हो । यस्तो सङ्क्रमणको बेला पारिवारिका सदस्य एवं अन्य समुदायका नेपालीहरूको कसैको पनि उपस्थिति थिएनन् । दाहसंस्कारको यो प्रक्रियालाई मेरिल्यान्ड राज्यका सांसदका डेलिगेट ह्रारी भण्डारीले सहयोगी भूमिका खेलको महासचिव मुनेन्द्र नेम्बाङ्गले बताएका छन् ।
।
नेपालमा पाँचथरको रानीगाउँ घर भएका अनिल १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । गत २३ तारिक सोमबार राती नै उनको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि उनमा डायबिटिज र प्रेसरको समस्या रहेको थियो । 
दुई छोरा ए छोरी र श्रीमतीका साथ न्युयोर्कमा बस्दै आएका थिए । उनी विभिन्न सामाजिक सस्धाहरु सगं आबद्ध पनि थिए ।