वैशाख ३ सम्म अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध

काठमाडौं, चैत्र १६। अन्तर्राष्ट्रिय उडान वैशाख ३ गतेसम्म नहुने भएका छन्। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको नोभल कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठकले यस्तो निर्णय गरेको हो।

यसअघि सरकारले गरेको निर्णय कार्यान्वन गर्दै बैठकले अन्तर्राष्ट्रिय उडानलाई थप वैशाख ३ अर्थात् अप्रिल १५ तारिखसम्मका लागि स्थगित गरेको हो।