मन मनै मन पराएका थियाै

अमेरिकाको न्युयोर्कमा बसोबास गर्दे आएका कृष्ण पोखरेल सामाजिक कार्य देखीलिएर बिभिन्न गतिबिधिमा उतिकै सक्रिय ब्यक्तिको रुपमा रहेका छन् । उनी बिगतमा बिभिन्न सघं सस्धंहरुमा कार्य गर्दे हाल एनआरएन अमेरिकाका बरिष्ट उपाध्यक्षको रुपमा क्रियाशिल रहेका छन् । न्युयोर्कमा बसोबास गरेपनि अमेरिकाको अन्य स्टेटमा पनि उतिकै सक्रिय रुपमा पुग्ने कृष्ण पोखरेलका एक छोरा र छोरी रहेका छन् । सामाजिक कार्य सगै ब्यबसायीक रुपमा अगाडी बढेका कृष्ण पोखरेल तथा उनकी धर्म पत्नी रचना सुबेदी सगं नेपालयका लागी बिष्णुप्रसाद पौडेलले गरेको पारिबारिक कुराकानीका केहीअशंहरु ः 
Krishna Pokhrel ko photo (1)यो जोडीको सुरुमा कसरी भेट भयो ?
रचना ः  हाम्रो भेट यहि अमेरीकामा मेरो भाउजु मार्फत भएको हो ।
तपाईहरुको लभ म्यारीज हो की ? कोही साथी मार्फत प्रस्ताव आएको हो ?
रचना ः पहिला प्रस्ताव आएको त्यसपछि लभ म्यारीज भएको भन्नु पर्छ । दुबै हो भन्न रुचाउछु ।
कृष्ण जीको के कुराले तपाईलाई लोभ्यायो ?
रचना ः लोभ्यायो भन्नु भन्दा पनि भाउजु म र उहाँ संगै घुम्न जादा बाटोमा धेरै कुरा सोध्नु भयो । सोसल सेक्युरेटी एप्लाई गर्न जादामलाई पनिलानुभएको थियो । त्यो नै पहिलो अनिएक्लै भेटघाट भन्नुपर्यो र त्यतीबेला नै विवाहको प्रस्ताव ल्याउनु भएको थियो । म बिरामी हुदाँ हस्पिटल पनि उहाँले नै लग्नु भएको थियो । म पनिएक्लै थिएँ यतिको सहयोगी व्यक्ति सँग जिन्दगी बिताउन पाए भन्ने लाग्यो ।
Krishna Pokhrel ko photo (5)कृष्ण जीतपाईले उहाँलाई के देखेर तपाईले मन पराउनु भयो ?
कृष्ण ः देखेर मन पराउनी भन्दानी अटोमेटीक माया लाग्ने हुदो रैछ । एउटै एरीयाको युरोपमा आएपछि सँगै खाने घुम्ने पनिगरियो । घरबाट विवाहको प्रस्ताव ल्याउनु भएको थियो । विवाह पनि गर्नु पर्ने यतिको बुझेको केटी ठीकै छ भन्ने भयो र विवाहगरियो ।
कृष्ण जीलाई देख्नुभन्दा अगाडी यस्तो केटा भईदिएभन्ने त थियो होलानी त मेडमलाई पनि ?
रचना ः सोचीहाल्न त भ्याएको थिईन । तै पनि मेरो कल्पना र उहाँको व्यबहार मिल्नगयो ।यतिको बुझेको केटा भए पछि जिन्दगी बित्छ जस्तो लागेर नै सुरु गरेको हो ।
विवाह अगाडी र पछाडी कस्तो रुपमापाउनु भयो त उहाँलाई ?
रचना ः मैले विवाह अगाडी जस्तो पाएकीथिएँ पछाडी पनि उस्तै पाएकी छु ।
श्रीमानःफरक त केहिपनि छैन । कसैको बानीमुखले भनेर देखाउने हुन्छ भने कसैको मनमनै माया गर्ने हुन्छ । बिबाह अगाडी पनि माया गर्नु हुन्र्थो र पछि पनि त्यही रुपमा पाएकी छु ।
तपाई अमेरीकामा विवाहको सोच बनाउने, बुबाआमाको विचार अर्कौ थियो होला कसरी बुझाउनु भयो ?
कृष्ण ः छोराले विवाह गरीदिए हुन्थ्यो भन्ने सोच त थियो । अमेरीकामा आएपछि २,३वर्ष सेटल हुन नै लाग्यो । परिवारमा नेपालमा नै आएर विवाह गरीदिए हुन्थ्यो भन्ने कुराहरु हुन्थ्यो तर आफ्नो परिस्थिती, विविध टेक्निकल कुराहरुले गर्दा सम्भव पनिभएन । उनको घर परिवारको बारेमा सबै बताएपछि बुबाआमाले तेरो जीवन सुखी हुन्छ भने ठिकै छ भनेर सहमतहुनुभयो ।
रचना ः भर्खर गएको २,३ महिनामा नै विवाह गर्छु भन्दा अलि अप्ठेरो मान्नुभएको थियो । मैले दाईसँग भनेपछि दाईले नै उहाँसँग कुरागर्नु भयो । तिम्रो जीवन सुखी हुन्छ ठिकै छ नि त भनेर सहमति गरेपछि बुबाआमापनि सहमतमा आउनु भयो ।
Krishna Pokhrel ko photo (2)श्रीमान यति व्यस्त कहिले कताकहिले बिभिन्न सस्थाभनेर हिडिरहने घरमापनि समय दिननसक्ने यस्तो बेलामा कस्तो महसुस गर्नुहुन्छ ?
रचना ः कुन श्रीमतीलाई नहोला श्रीमानले घरमा समय दिए भन्ने त ? तर पनि उहाँले गरेको काम र कामबाट मिलेको सफलता देख्दा खुसी लाग्छ । खुसी लाग्दा लाग्दै पनि घरमा पनि समय दिएहुनु थियो भन्ने त हुन्छ नै ।
छोरा छोरीले बाबाले हामीलाई समय नदिने भनेर गुनासो गर्दैनन् ?
रचना ः गर्दैनन् फुर्सद भयसम्म छोरा छोरीलाई समय दिनुहुन्छ ।
श्रीमानःमैले छोरा छोरीको चाहाना अनुसार समय दिन सकेको छैन । घर परिवारमा जति समय दिए हुन्थ्यो बाबाले श्रीमानले भन्ने छ मैले त्यस अनुसार समय दिईरहेको छैन वा दिन पाईरहेको छैन ।
कृष्ण जी ले भान्साको काममाकतिको सहयोग गर्नु हुन्छ ?
रचना ः उहाँलाई भान्साको काममाखासै रुचि छैन । परेको खण्डमा गर्नुहुन्छ पकाउने खाने भन्ने रुचि छैन ।
किनमेलमाकतिको रुचि छ कृष्ण जि को ?
रचना ः उहाँले कहिले काँही किन्नुहुन्छ । उहाँलेभन्दा बडि मैले नै सपिङ्गगर्दे आएकीछु ।
कृष्ण जिले लगाउनु भएको कुनपहिरन राम्रो देखिनुहुन्छ ?
रचना ः टाई सुटमा नै राम्रो देखिनुहुन्छ ।
Krishna Pokhrel ko photo (3)श्रीमतीले बनाएको कुनखाना बढिमन पर्छ कृष्ण जीलाई ?
कृष्ण ः यो नै एक चिजभन्ने छैन । साधारण खाना देखि लिएर मटन, चिकेन, ममपनि मिठो बनाउछिन् ।
श्रीमतीले कुनपहिरन लगाएको मन पर्छ कृष्ण जीलाई ?
श्रीमानःहामिनेपालीजहाँभएपनिआफ्नो संस्कृतिलाई त भुल्नकहाँसकिन्छ र ? साडी बलाउज, कुर्था सुरुवाललगाएको नै मन पर्छ ।
कृष्ण जीलाई श्रीमतीको मन पर्ने पक्ष ?
कृष्ण ः घर व्यवहार समाल्ने केटाकेटीको राम्रो हेरचाहगर्ने । खर्चको मेन्टेन गर्ने पक्ष राम्रो छ ।
कृष्ण जी को मन पर्ने पक्ष के छ मेडमलाई ?
रचना ः सबै पक्ष राम्रो छ । खाना जस्तो बनाएर दिएपनि मिठो मानेर खानुहुन्छ ।
सुधार गर्नुपर्ने पक्ष ?
रचना ः घर परिवारलाई समय दिएहुन्थ्यो जस्तो लाग्छ ।

मेडमको सुधार गर्नुपर्ने पक्ष ?

11700514_10153174720038143_6829195103114643532_oकृष्ण ः कुनै पनि कुरा गर्नु अगाडी एकै छिन सोचेर विचार गरेर एन्सर दिने हो भने राम्रो हुने थियो जस्तो लाग्छ ।

मेडमको मन नपर्ने बानी पनि बताईदिनुन ?
कृष्ण ः कहिले काहिँ केही कुरा नबुझिकन रिसाउने । नबुझिकन रिसाउदा रियालिटि के भन्ने कुरा पछि थाहा हुन्छ त्यसैले नबुझीकन रिसाउनु हुदैन ।
कृष्ण जी को मन नपर्ने बानी के छ ?
रचना ः समयमा घर नआउने
12038684_10153340494968143_3623918994538902288_oअन्तमा मनमा लागेको कुरा केहि छ कि ?
कृष्ण ः आफु आफ्नो परिवार सोसाईटि कम्युनिटि आफुलाई कसरी गर्दा राम्रो हुन्छ भन्ने कुराहरु सोचाईमा कियर गर्दै जाने भने हामी सबैलाई राम्रो हुन्छ । उनि प्रति केहि छैन त्यस्तो । र नबबर्षको सबैमा शुभकामना दिन चाहन्छ सम्पुर्ण नेपालीहरुमा ।
रचना ः खासै त्यस्तो केहि छैन राम्रो होस्, राम्रो हुदैँ जावस् यहि नै हो ।

eznepal-sidebar add

Rakshya Travel-sidebar