‘कोरोना भाइरस’

रजनी मल्ल
न्यु जर्शी

कस्तो ‘कोरोना भाइरस’ तिमी, संसारलाई त्रसित बनायौ
हरेकको अनुहारमा मुस्कानको साटो सन्त्रास तिमीले फैलायौ
न त् तिमीले धनाध्यलाई छोड्यौ, न त् गरिबलाई नै खोज्यौ
तिमीले त् केवल जानमा अन्जानमा धेरैलाई रोज्यौ

तिमी त् कति कठोर रहेछौ, मृतुको अन्तिम घडीमा पनि एक्लो बनायौ
प्यारा आफन्त हुदाहुदै पनि एकान्तमै राखी बेवारिसे तुल्यायौ
तिमी बाट जोगाउन कतिपय स्वास्थ्यकर्मी अघि सरे
तर बिखालु तिम्रो बिख फैलिएर उनीहरु नै कति ढले

शैतानी तिम्रो प्रवृतिबाट बचाउन भगवान बनि आए
रातो दिन नभनी ज्यानै बाजी राखि अरुको ज्यान जोगाउन लागि परे
उनको त्यो अमुल्य सहयोगलाई कसरि पो बयान गरु
सधैभर भगवानले उनको रक्षा गरिरहुन्

हो उनको त्यो मलिन अनुहार अनि रसाएका आँखा देख्छु
तर पनि उनलाई सधै आत्मबल अनि सहास मिलिरहुन

तिमी जस्तो सुक्ष्म जीवले उच्च प्राणी मानवलाई तर्सायो
हो तिमी कुनै ठट्टा होइन, साचो भयाबह स्थिति सिर्जायो

तिम्रो अदृस्य आगमनले संसारलाई नै रुलायो
कसरि पो अन्त्य गर्ने भनेर बेचैन नै बनायो
तिमीले गर्दा कतिको त गास बास नै हरायो
त्यति मात्रै कहाँ हो दुखदअन्त्य नै गरायो

कहिले पो अन्त्य हुन्छ तिम्रो, कसलाई पो के थाहा
सकभर चाडो बिलाई जाउ, बचाउ मानवलाई यहाँ
तिमीले दिएको पीडा कम गर्न कति लागि परे
मानब बनि मानवता बचाउन सक्दो सहयोग गरे

के को तिमी उपज हो पत्ता लगाउन नै गार्हो भो
बिखसरिको स्पर्शबाट बच्न आफ्नै घर मै बन्दी भो
भिडभाड को रमाइलो शहर ‘गोस्ट ताउन’ झैँ शुन्य भो
कस्तो सोच्दै नसोचेको बेहाल को हाल भो

तिमीलाई भगाउन साबुन पानीले हात् धुन्छु
तिमीबाट बच्न अब भिडभाडबाट टाढा हुन्छु
हे कोरोना भाइरस तिमी संसार बाट टाढा जाउ
कहिल्यै नफर्किने बाचा गरि सधै को लागि चाडै बिलाउ
अनि
अघिको मुस्कान अनि स्वतन्त्रतालाई चाडै फर्काऊ।