अमेरिकामा हिउँको आँधी, जनजीवन अस्तव्यस्त (फोटो फिचर)

आइतबार १० माघ, २०७२
न्युयोर्क–अमेरिकाको पूर्वी तटमा आएको भीषण हिउँसहितको आँधीले ११ राज्यको जनजीवन अन्तव्यस्त बनेको छ भने साढे आठ करोडभन्दा बढी मानिस प्रभावित भनेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
160123193446_us_storm_624x351_afpसरकारले आँधी प्रभावित ११ वटै राज्यमा संकटकालको घोषणा गरेको छ। आँधीका कारण मृत्यु हुनेको संख्या १७ पुगेको र तीमध्ये अधिकाशंको सवारी दुर्घटनामा परी मृत्यु भएको बीबीसीले जनाएको छ। अमेरिकामा शताब्द्धीकै सबैभन्दा भीषण हिउँसहितको आँधी आएको र यसलाई ‘स्नोजिला’ नाम दिइएको छ।

160123193655_us_storm_624x351_afp_nocreditन्युयोर्कमा अत्यावश्यकीय बाहेक अन्य सवारी साधन संचालनमा रोक लगाइएको छ भने कयौं पुललाई अस्थायी रुपमा बन्द गरिएको छ। अमेरिकाको सो इलाकामा एक मिटर भन्दा धेरै हिउँ जमेको छ। लाखौं घरमा विजुलीकोलाइन बन्द छ भने कयौं स्थानमा सवारी साधान १२ घण्टादेखि सडकमै अड्किएका छन्।

160123193733_us_storm_624x351_afpन्युयोर्क जाने सबै उडान बन्द गरिएको छ। न्युयोर्कका गभर्नर एन्ड्रयू कोएमोले सर्वसाधारणलाई पुल भूमिगत सडकको प्रयोग गर्न रोक लगाएका छन्। आँधीका कारण सबैभन्दा बढी प्रभावित न्यु जर्सी र भर्जिनिया राज्य भएका छन्। केन्टकी र पेन्सिल्वेनियामा १२ घन्टासम्म ट्राफिलक जाम भएको खबर छ। राजधानी वाशिंटन डिसीको विमानस्थल आइतबार बन्द गरिएको छ। एजेन्सी

तस्विरः एपी/रासस

160123194059_us_storm_624x351_epa160123194239_us_storm_624x351_getty8149_468543303341415_4917776440262732484_n160123201251_us_storm_624x351_reuters160123193947_us_storm_624x351_afp
तस्विरः एजेन्सीहरु