विश्व वैज्ञानिक युद्ध र मेरो सुदूर पश्चिम !

-किशनसिंह धामी

ईस्वी संम्वत २०२०, नयॉ बर्षको शुभकामना दिदै थिएँ कसैले ग्रहण गरे, कसैले गरेनन् ।
ती सबै फेसबुकका मित्रहरू थिए, कमैलाई मात्र फोनबाट शुभकामना दिएको थिएँ । प्राय फोनबाट दिएका शुभकामनाहरू ११ वटा बाहेक सबै फिर्ता भए र तिनीहरूलाई हातजोडेर स्वागत गरे तर फेसबुकको मेसिन्जरबाट भने सबै फिर्ता भएनन्,
गरेनन् यस अर्थमा गरेनन् होला या त तिन्ले मलाई राम्ररी चिन्दैनन फेसबुकको संख्या बढाउनलाई मात्र राखेको हुनसक्छ र तीनीहरूले हेरेर छोडिदिएको हुनसक्छ त्यो मेरो अनुमान मात्र हो है ! या म त ठुलो मान्छे हुँ अर्थात म ठुलो भइ सकेको रहेछु मलाई त शुभकामना पो आउन थाल्यो भनेर फिर्ता नगरेको हुनसक्छ ? वा किन फर्काउनु पर्यो भनेर हो वा ब्यस्त भएर हो वा आफुलाई ब्यस्त देखाउनलाई हो ? वा पछि पर्काउला भनेर हो अथवा आफ्नै मान्छे हो जहिले भेट होला त्यहिले दिउँला नि शुभकामना भनेर हो ! बाइस प्रतिशत शुभकामना फिर्ता भएनन् ।

त्यसको ठीक चार महिनापछि बिक्रम संवतको नयॉ बर्ष आयो म प्राय सबै फेसबुकका मित्रहरूलाई बर्षको तीन पटक सम्झिरहन्छु र सम्झने प्रण पनि गर्छु त्यही सिलसिलामा बिक्रम संवत् २०७७ सालको शुभकामना लेख्न थालें। विश्वमा कोरोनाको महामारीको समय थियो, म बन्द कोठामा थिएँ । कोठाचाहि राजधानीको झोछेँमा धर्मसाहुको घरकोजस्तो सानो एक कोठा, कोठाको एक छेउमा स्टोब, पानी भर्ने प्लास्टिकको बाल्टिन, सँगै भाँडा माझ्ने प्लास्टिककै बाटा, एक कुनामा पानी नपाएर धुलिन पर्खेका रंगीन बनेका लुगाहरू, संगै सुत्ने खाट र भूईमा बिछ्याएको सुकूल, सानो ढोकाको लिस्नो चढेर दोस्रो तलामा गएजस्तो चाहि पक्कै थिएन । बस्ती राजधानीमै हो शहर पनि असनकै भिडभाड झै हो,
तर म बसेको कोठा धेरै फराकिलो नभए पनि एउटा सोफासेट, दराज़, र्याक, टेबल कुर्सी राखेर पनि बस्ने ठाउँ र हिटडुल गर्न लायकको प्रसस्तठाउँ भएको थियो र म त्यहि सोफामा बसेर शक्तिशाली देशहरूमा कोरोना भाइरसले यति मान्छे मार्यो, यति मान्छे अस्पताल भर्ना भए, यति मान्छे रिकभर भए भनेर समाचार सुनिरहेको हेरिरहेको थिएँ । यसै बीचमा महाकाली नदी तर्दै धार्चुलाबाट दार्चुला आउदै गर्दा पुलबाट ती दाजुभाइहरूलाई पुलिसको घगेँरूको लट्ठिले बजार्दै फिर्ता धपाएको दृश्य देखें। हेर्दै जाँदा त एकठाउँमा लुगा खोल्न लगाएर पुलिसले हात समातेर नाग्गै सडकमा कता हो लादै थिए । अझ कतै त लठ्ठिले पनि सुम्सुम्याउंदै थिए हाम्रा प्रहरी भाईहरू। दृश्य दर्दनाक थियो, र मैले नेपालमा मित्र राजज्यूलाई फोन गरें- के अझ नेपालमा राजनीतिक परिवर्तन हुन थाल्यो र लठ्ठि बज्न थाले के कर्फ़्यू लागेको हो र ? ती मित्रले भने- होइन लकडाउन हो ! कोरोना आउँछ भनि ति मान्छेले अरूलाई सराउँछ भनेर समातेर क्वाराइन्टाइनमा राख्ने रे, सरकारको नै आदेश रे, तिम्रो दार्चुलामा पनि धार्चुलामा भारीबोक्न गएका भरियाहरूले पनि कोराना लिंएर आउन्छन् भनेर महाकाली तर्न दिएको छैन, कोरोना कर्फ़्यू रे, त्यसैले नेपाल आउन नदिएको र आएकोहरूलाई हात समातेर लगेको हो ।

मैले सोधें तिनलाई- क्वरेन्टाइन भनेको केहो ? लकडाउन भनेको के हो ? कस्तो हुन्छ ? तिन्ले फोनमै जवाफ दिए, क्वारेन्टाइन एउटा कोठाको नाम हो, त्यो अस्पत्तालमा हुन्छ रे अनि लकडाउन भनेको सानो कर्फ़्यू हो रे । हिंडडुल गर्न पाउंदैनन् रे पास चाहिन्छ रे जिल्ला कार्यालयले दिन्छ रे । पास नपाएर टीकापुरकी एक गर्भवती महिलाले अस्ती ज्यानै त्यगिन्।

यो वार्तालाप गरून्जेलसम्म विशाल देशमा एक महिनाको लागि लकडाउनको अवधि बढाएको समाचार भाइरल भइसकेको थियो।
त्यसपछि मेरो अधुरो शिक्षाको आँखा खुल्यो लकडाउन र कर्फ़्यू नित्तान्त फरक कुरा हो जस्तो लाग्यो ।
मानिसलाई अति आवाश्यक कुरालाई ल्याउनु परेमा सरूवा रोगको सुरक्षा अपनाएर ल्याउन सकिने, तर कर्फ्यूमा अति आवाश्यक स्थितिमा जिल्ला प्रशासनले उपयुक्त ठहरिएमा पास दिएर ओहरदोहर गर्न आउन जान सकिने पाउने। ती दुबैका लागि सरकारी तंवरबाट केही समयअगाडि नै सर्वसाधारणलाई जानकारी गराउने गरिन्छ।
तर यो कोरोना COVID-19 भाइरसको सुरक्षित हुने जानकारी कसरी कुन माध्यमबाट ती निमुखा सुदूर पश्चिमेली जनतालाई दियो र तिनले सुरक्षाको जानकारी कसरी प्राप्त गर्यो सायद त्यो कसैलाई थाहा छैन र नभएर नै बाटोमा अलमल परेका होलान् ती धार्चुलामा मज़दुरी गर्न गएका दार्चुलेली मजदुरहरू ।
मेरो एउटा सम्बन्धित क्षेत्र विज्ञहरू समक्ष प्रश्न थियो ।
यो कर्फ़्यू हो वा लक डाउन ?
लक डाउनमा के के गर्न पाइन्छ ?
कहिले सम्म लक डाउन हुन्छ ?
मान्छेमा लागेको कोरोना भाइरस बसेको ठाउमा सर्छ कि हिडेको बाटोमा सर्छ ? वा फलामबाट सर्छ ?
यो एक मान्छेबाट आर्को मान्छेमा सर्दा कति भाइरस जान्छ ? सबै जान्छ कि ? आधा जान्छ ? वा एक मानिसबाट आर्को मानिसलाई सर्दा कति भाईसर जन्मन्छन् ? के लकडाउनको अबधिमा भाइरस जति सबै हराउछन् कि ? भाइरसको औसधि बनुन्जेल सम्म लकडाउन गर्ने हो कि ? भाईरस लागेका सबै नमरुन्जेलसम्म हो कि ? मान्छेमा सर्दा सर्दै, छुदा छुदै भाईरस अगाडी बढ़्छ कि ? फलाममा बसेको भाईरस कति दिन सम्म बसि रहन्छ ? यो स्पष्ट नभएको परिस्थितीमा देशका नागरीकलाई सचेत नगराईकन भोको राख्न र बन्धक बनाउन राज्यले सुहाउँदैन । यदि ठुला देशहरूले लकडाउन गरेको छ भनेर कसैलाई भ्रम छ भने ती देशहरूले आफ्ना नागरिकहरूलाई कति सेवा सुबिधा दिएको छ भनेर थाहा पाउनुस् ।