कोभिड १९ का कारण शुक्रवार कोलोराडोमा पनि एक नेपालीको मृत्यु

अमेरिका
कोभिड १९ वाट कोलोराडोमा एक जना नेपालीको निधन भएको छ । बोल्डरमा वस्दै आएका लोकेन्द्र कार्कीको निधन भएको हो ।

डेनभरका केही स्थानियहरुले सामाजिक संचालमा यसको पुष्टि गरेका छन् ।
६१ बर्षिय कार्कीको कोभिड १९ का कारण शुक्रवार निधन भएको वताईएको छ ।

बोल्डर कम्युनिटनी अस्पतालमा उपचारकाक्रममा उनको निधन भएको स्थानियले जानकारी दिएका छन् । करिव ११ दिन अघि उनी अस्पतालमा भर्ना भएका थिए । उनका परिवारका केही सदश्य अमेरिकामा भए पनि श्रीमती भने नेपालमा रहेको जनाईएको छ ।

केही दिन अघि नेपालीभाषी एक बृद्ध महिलाको पनि कोभिड १९ कारण स्थानिय डेनभर अस्पतालमा निधन भएको थियो ।