पोखराका युवा दीपेशको अमेरिकामा निधन

१४ बैशाख ।  अमेरिकाको टेक्ससमा बस्दै आएका पोखराका ३७ वर्षिय दीपेश थापाको निधन भएको छ ।

 

थापा घरमै सुतीरहेको अवस्थामा मृत भेटिएका हुन् ।  मधुमेह तथा उच्च रक्तचापका बिरामी रहेका थापाको निधन भएको अमेरिका रहेका नेपालीले जानकारी दिएका छन् ।

उनको ह्दयघातका कारण निधन भएको हुन सक्ने अनुमान छ । पोखराको न्युरोड स्थित दरबारथोकका स्थायी बासिन्दा दीपेश अध्ययनका लागि अमेरिका गएका थिए ।