पार्टी बिगार्ने ओली नै हुन्

ऋिषभदेव बास्तोला ।
आजकल प्रचण्डलाई पार्टी फुटाउन नलाग्नोस् भन्ने हरु धेरै देखिएका छन् । बुझेर हो कि ओलीभक्ति हो भेउ पाउनै मुस्किल।

दुई पार्टीका अध्यक्षहरु आफुखुसी नेकपा बनाए चुनावमा गए नेपाली जनता पत्याए। (काङ्ग्रेसको नालायकि र ९/९ महिने सत्ता परिवर्तन) बाट वाक्क जनताले आजसम्म नपाएको कम्युनिस्ट पार्टीलाई स्थिरता र समाजिक न्याय हुने आशामा अत्याधिक मतका साथ ५ बर्सका निम्ति सत्तासीन गराए।(यो नबुझौ कि ब्यक्ति लाई दिईएको हो) २ बर्षसम्म सरकार गतिमान रहेको सम्पूर्ण रुपमा साथ र समर्थन पनि रहेको हो ।

 

ताज्जुबको बिषय कहिले कसरी लागे खै !!

प्रचण्डले आधाआधि गर्ने सहमति भएपनि ल भै गो तपाईं सरकार चलाउनुहोस् पार्टीको कार्यकारी मेरो भन्दै ५ वर्षका लागि सुम्पिएर विवाद हुने मुल / चुरो (पार्टी फुट्ने संभावना ) लाई नै खत्तम गरेका होइनन् र !! अर्का अध्यक्ष र विपक्षी दलको उच्चस्तरीय संयन्त्रको प्रस्तावको खिल्ली नै उडाउदा पनि सहेरै बसेका होइनन् र ?

 

 

बिगार्ने अोली नै हुन् कार्यकारी दिईसकेर पनि नभ्याउदा उ हो मैले भ्याउदा मै हो सम्म भने धेरै सम्बैधानिक परिषद्लाई प्रमको मातहतमा ल्याए आफुखुसी नियुक्ति,विधेयक पार्टी र संसदलाई छल्दै ल्याए जो बहुदलीय ब्यबस्थाको भावना/मर्म विपरीत अधिनायकवाद झल्को दिल्थ्यो । भष्ट्राचारमा डङ्गडङ्गती गनाएकालाई काखी च्याप्दै भ्रष्टाचारमा शून्य सहनशीलताको राग अलाप्दै न्यायाधीशले झैँ फैसला सुनाउने पनि उनै होइनन् र ? आफ्ना कोठारि भित्रकाको मलद्वारलाई हरिद्वार भन्नेको विचार बोकि पत्रकार,विचारक,समकक्षी खनाल र नेपालको suggestion सहितको criticism लाई against सम्झदै मान मर्दन सहित क्षुद्र वचन प्रयोगमा पछि परेनन् ।

 

ओली आज जुन संकटको भुमरीमा फसेका छन् त्यो उनको आफ्नै काम कर्तव्य बाट हो नकि खनाल,नेपाल,र प्रचण्डले गर्दा। यो अध्यादेश चुरो ( खनाल र नेपालले केही गर्न नसक्ने आँकलन गर्दै ) प्रचण्डलाई तँ पार्टी छाडेर जा म मधिसे नेतालाई साथमा राखेर देश चलाउन सक्छु भन्ने दम्भ कै परिणाम नै हो ।