पङ्गु कुरा पत्याउनु ,रहर गर्नु हुँदैन

राजेन्द्र न्यौपाने
२००६ साल देखि हालसम्म आईपुग्दा कम्युनिष्टहरुले थुप्रै उचारचढावका वीच कडा संघर्ष गर्नुपरेको छ । यतिबेला देशमा कम्युनिष्टहरुको बहुमतको सरकार छ भनिन्छ । पार्टी भित्र वृहत र सामूहिक छलफलबाट निस्केको निष्कर्षको एजेण्डालाई सरकारमा रहनेले कार्यान्वयन गर्नु कम्युनिष्ट भित्रको नियम हुन्छ । एउटा व्यक्तिले जे इच्छा लाग्यो त्यहि गर्दै जाने हो भने पूर्व श्री ५ महाराजधिरज ज्ञानेन्द्र वीर विक्रम शाह देवलाई नागार्जुनको जंगलमा राख्नु पर्दैनथ्यो । अत्यन्त अध्ययनशिल, विद्वान व्यक्ति सरकारको नेतृत्वमा रहेको अवस्था पनि होइन । सकरात्मक विभेदका लागि काम गर्ने क्षमता भएको पटक्कै होइन ।

 

बालुवाटारलाई प्रश्न कसैलाई प्रधानमन्त्री पद कायम राख्न बालुवाटारबाट सिध्याईदिने धम्कीका साथ हस्ताक्षर अभियानमा सरिक गराउनै पर्ने बाध्यता छ भने कसैलाई जसरी पनि त्यही पदमा पुग्नका लागि रस्साकस्सी छ , त्यो पनि कम्युनिष्टहरुले चलाएको सरकार र सत्ता । लेखक प्रश्न गर्न चाहन्छन् यो कस्तो कम्युनिष्ट हो रु यी दूई पक्षमा एक पक्ष कम्युनिष्ट हुन सक्तैन् प्राय कम्युनिष्टहरु सत्तामा पुगेपछि आफूलाई कम्युनिष्ट भन्न चाहँदैनन् , यहाँ भएको त्यहि हैनर रु बालुवाटारको समृद्ध नेपाल कम्युनिष्टहरु कडा रुपमा विच्किएर पार्टी फुटाईदिउन भनेर कतिपयले विहान बेलुका आरती गरिरहेकै छन् । गुण नभएपनि आकारमा ठूलो भएको कम्युनिष्ट पार्टी विभाजन भै हाल्यो भने त्यसका असरका बारेमा पनि नेतृत्व जानकार नै होला । केन्द्रको झुण्ड प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म पुग्छ । यसले स्थानीय तहमा अहिले भईरहेको राजनीतिक संरचना फेरबदल गर्छ नै, त्यसले ग्रामीण क्षेत्रका विकास निर्माण देखि सबै जनतालाई एकसमान हेर्ने दृष्टिमा असर पुग्छ । कम्युनिष्टले बनाउने समृद्ध नेपालको योजनाले पूर्णता पाउँदैन र अर्को पटक नयाँ उम्रेका र सत्ता बाहिर रहेका पार्टीहरुको मत बलियो हुन्छ ।

 

सरकार कहाँ छ ? सरकारको अनुभूति जनताले दैनिक रुपमा आफूलाई परेको समस्या समाधानका लागि सहजता र असहजतामा निर्भर गर्दछ । देश कोरोना भाइरसका कारण ठप्प हुँदाका दुई हप्ता सम्म देशैभरी विकास निर्माणका काम गर्ने मजदुरहरुले सरकार देख्न सकेनन् काम गर्ने समयमा ठेकेदार देखे तर पारीश्रमिक देखेनन् । कम्युनिष्ट सरकार ठेकेदारका सबै माग पूरा गर्न तयार छ,तर निर्माणमा खटिने मजदुरको समस्या देख्नै चाहदैन । बालुवाटारमा भएको सुविधा नै सबैतिर भएको उसले अनुभूति गरिरहेको छ । यसबाट के प्रष्ट हुन्छ भने सरकार देशका कुनाकुना र सबै जनताका मनमुटु भित्र नभै बालुवाटारमा मात्र छ ।

 

अपाङ्गता की सपाङ्गता अपाङ्गता भएको वा साङ्ग भनेर खुुट्याउनपर्ने अवस्था कसरी आयो सरकार चलाएका छौं भन्नेले नै जान्नुपर्छ । सरकार सुरु देखिनै सबलाङ्ग बन्ने कोशिश नगरेको होइन तर पनि अहंकारी नेतृत्वमा रहेका कारण दुई वर्ष देखि अपाङ्ग रहँदै आयो । मन्त्री परिषद देखि बालुवाटार सचिवालय अपाङ्ग रहे । याँ वर्ष २०७७ को सुरुवाति देखि नै पाक्दै गरेको अध्यादेश नामको खिचडी बैशाख ७ गते नै पाकेर ८ गते ढकनी लगाई १२ गते फाँडो बनाइयो । यस्तो कामले अपाङ्ग सरकार सपाङ्गमा परिणत भएको दुनियाँले थाहा पाए । अहिले यही अवस्थामा काम गरिरहेको छ । बनमा रहेको मुडो र सपाङ्ग बस्तुमा फरक छैन भने यसबाट के आसा गर्ने रु यो सरकार अपाङ्गता बाट सपाङ्गतामा पुगेको छ ।

समाधान ।
सत्तामा रहनेले आफू बाहेक अरुलाई विश्वास गर्न नसक्नु पश्चिमा नश्लवादी गुण हो । सत्तामा रहँदाका समय पूर्व श्री ५ को क्रियाकलापलाई हामी लिन सक्छौं । बालुवाटारभित्र होनाहार क्षमता भएका सिमित सचिवालय सदस्यहरु राखेर देश हाँक्नु कम्ति राम्रो रहेन । भ्रष्टचारी देखि के के हो के के सबै अटाउने यो भूमिलाई अर्का प्रधानमन्त्री आएपछि सचिवालय राख्ने ठाउँ सार्छन जस्तो लाग्छ देशबासी जनतालाई । आफू बाहेक अरुलाई भ्रम देख्ने आँखामा ओखती राख्नै पर्छ ओखती राख्नुपर्ने आँखाले यतिका ३ करोड नागरिकहरुको नेतृत्व गर्न सक्ने कुरा छैन । लाज हुँदो हो त सपाङ्गताको अवस्था पुग्दा सम्म पनि किन कुरिरहनु पथ्र्यो रु जनताले चुनेर पठाएका थुप्रै नागरिकहरु त्यही पार्टी र सरकारमा हुँदाहुँदै फेरी अर्को व्यक्तिलाई जनमत लिन मैदानमा पठाउनु आवश्यक छैन र यस्ता पङ्गु कुरा पत्याउनु र कसैले रहर गर्नु पनि हुँदैन । पार्टी भित्रको पूर्व सहमति कार्यान्वयन गरेर अघि बढ्दा सबै समस्याको समाधान हुन्छ र जनताले सरकार पनि पाउँछन् । देशलाई सरकार विहिन अवस्थामा सँधै राखिरहनु हुँदैन ।