पदीय लालचले हल्लाउन नसकेको माधव नेपालको इमान

राधाकृष्ण देउजा

नेकपाको पछिल्लो सचिवालय वैठक र त्यसले गरेका निर्णयसंग जोडेर नेकपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको तत्कालिन र आगामी भूमिकाको बारेमा चर्चा परिचर्चा भैरहेको छ । पार्टीको औसत तहका नेताको भूमिकाको त चर्चा परिचर्चा महत्वका साथ हुन्छ भने पार्टी कार्यकर्ता तहमा सवै भन्दा राम्रो पकड जमाउन सफल अनि प्रधानमन्त्री समेत भैसक्नु भएका वरिष्ठ नेताको चर्चा हुनु अस्वाभाविक हुने कुरै भएन । केहि मौसमी, स्वार्थी र तुक नभएका अनैतिकरुका टिप्पणीलाइ वेवास्ता गर्ने हो भने अहिलेको प्रसँगमा मात्रै हैन विगत लामो समय देखि माधव नेपालले समग्रमा जनपक्षिय अनि पार्टी भित्र कार्यकर्ताको मूल भावनाको प्रतिनिधित्व गर्ने मुद्दाहरुलाइ अगाडी सार्दै आउनु भएको छ जसले गर्दा निरन्तर थप सम्मान आर्जन गर्दै सवैले विश्वास गर्ने राजनेताको रुपमा स्थापित हुनुहुन्छ ।

लोकतन्त्र सँस्थागत भैसकेको र राजनीतिक समस्या वाँकी नरहेकोले सुशासन नै जनताको चाहना र सपना रहेको वर्तमानमा बोलीले हैन व्यवहारले नै आफुलाइ सरल , स्वच्छ र इमान्दार पुष्टि गर्न सफल माधव नेपाल आजको दिनमा नेकपाले मात्रै हैन समग्र देशले नै आशाको नजरले हेरेको र विश्वास गरेको नेता हुनुहुन्छ । अनि भनिन्छ नि जव जव कोहि सफलता तर्फ उन्मुख हुन्छ वा सफल हुन्छ तव उ बिरुद्धको प्रहार पनि व्यापक हुन्छ । अहिले भर्खरै सम्पन्न सचिवालय वैठकबाट नै प्रधानमन्त्री केपी ओलीको राजीनामा आओस भन्ने चाहना राखेर, यही वैठकबाट नेकपालाइ विभाजित गराउन सकियोस भन्ने आसय राखेर चलेका खेलहरुलाइ ठहरावमा पुर्याउंदै जव नेकपाको सचिवालय वैठक सोहाद्रपूर्ण ढंगले सर्वसम्मत निर्णय सहित सम्पन भयो त्यसपछि वैठकले यो नेतालाइ राम्रो गर्यो , यो नेतालाइ नराम्रो गर्यो वा यस्तो त्यस्तो भनेर आत्मरतीमा रमाउनेहरु मध्य केहिको खेति चाहिं सचिवालयको वैठकले माधव नेपाललाइ घाटा भएको असत्य कुरालाइ फैलाउनमा केन्द्रित देखिन्छ । हुन त नेकपाको सचिवालय वैठकले पार्टीलाइ विधि प्रक्रिया अनुसार चल्ने ठिक बाटोमा फर्काउनु अनिवार्य छ भन्ने माधव नेपालको एजेण्डा अनुसार स्थायी समितिको बैठक बोलाउने बाहेक अरु त्यस्तो केहि गरको छैन । त्यसैले अफवाहयुक्त कुरा गर्नेहरु र उनीहरुले गरेका कुराका बारेमा चर्चा गर्नुको खासै अर्थ र आवश्यकता दुवै छैन । यद्धपि हल्लाहरुबाट चिन्तित भएको हुनसक्ने नेकपाका तमाम कार्यकर्ताहरुले चाहिं सत्य बुझ्नु पर्छ र अहिले भर्खरै सम्पन्न नेकपा सचिवालयको वैठक र त्यसको निर्णयसंग माधव नेपालको साइनो के छ र त्यसका प्रभाव के छन भन्ने सम्वन्धमा निम्न तथ्य बुझ्न अनिवार्य छ :

१. माधव नेपालले कुनै पद मागेर आफुले के पाउँछु भनेर हिडनु भएको थिएन , पार्टी अध्यक्ष देखि प्रधानमन्त्रीसम्मको पदमा वहाँलाइ यो वा त्यो पक्षले प्रस्ताव गरेकै हो । आएका प्रस्तावहरु वहाँले सुने पनि यो वा त्यो नभई हुदैन भनेर वहाँ लाग्नु भएको थिएन। वहाँको एक मात्रै जोड़ थियो जे निर्णय लिनुछ त्यो विधि प्रक्रिया अनुसार पार्टीको वृहत तहको वैठकबाट गरौँ । आज जव लामो समय देखि बस्न नसकेको स्थायी समिति बैठक बस्ने तहमा पुग्यो नेकपा, अनि त्यसको जस कसलाइ ? स्वाभाविक रुपमा माधव नेपाललाइ ।
२. नेकपामा मात्रै हैन हिजो दुइ पार्टी एकीकरण नहुँदा विद्धमान रहेको एमालेमा हुँदा देखि नै एक व्यक्ती एक जिम्मेवारी दिइनु पर्छ त्यसो हुँदा प्रभावकारी काम कारवाही हुनसक्छ भन्ने सिद्धान्तको वोकालत गर्नु हुने माधव नेपालको त्यही अडानले आज दुइ अध्यक्ष मध्य एउटाले पार्टी अर्कोले सरकार चलाउने भन्ने विषयमा करिव करिव आमसहमति बनेको छ । यसले भोली जो अध्यक्ष वा प्रधानमन्त्री हुँदा पनि एक अर्काको अस्तित्व स्वीकार गर्दै गरिने सम्मानपूर्ण सहकार्यको ढोका खोल्ने देखिदै छ । अनि यस्ता सुखद सम्भावनाको तहमा पुर्याउने कुराको जस कसलाइ त ? स्वाभाविक रुपमा माधव नेपाललाइ ।

३. आफुले जे बोलियो बोलियो , जे गरियो सो गरियो ! त्यो गलतनै हुँदा पनि त्यसलाइ स्विकार्ने र आत्मालोचना गर्ने हैन बरु गलत भएपनि त्यसैको प्रतिरक्षा गर्ने भन्ने जुन घातक शैली थियो त्यसलाइ तोडेर आफ्ना गल्ती स्वीकार्दै आत्मालोचना गर्ने परिपाटी तर्फ नेकपा फर्किएको छ, अनि यसको जस कसलाई दिने । त्यो पनि त्यस परिपाटीको वकालत गर्दै आउनु भएका नेता माधव नेपाललाइ ।

अत: यसले के देखाउंछ भने नेकपाको सचिवालयले माधव नेपालले उठाउँदै आउनु भएको मुद्दाहरु ठिक थिए भन्ने पुष्टि गरेको छ । पदीय वा अन्य कुनै स्वार्थको खातिर आफ्नो अडान त्याग्ने कर्कलाको पानीहरुको कुरा छोडेर यदी नैतिकता र साँचो नेतृत्व क्षमता के हो भनेर कुरा गर्ने हो भने त्यो भनेको बोलेको कुरामा टिक्ने अनि आफुले उठान गरेको मुद्दाहरुको औचित्य रहेसम्म त्यसको पक्षमा लागिरहने कुरानै असल नेतृत्वको असली परिचय हो । त्यस अर्थमा हेर्दा भर्खर सम्पन्न सचिवालय वैठक पश्चात माधव नेपाल पदीय लालच, निजि स्वार्थ भन्दा ज्यादा देश, जनता र पार्टीको हितलाइ केन्द्रबिन्दुमा राख्ने नेता हुनुहुँदो रहेछ भन्ने कुरा फेरी एक पटक व्यवहारिक रुपमा प्रकट भएको छ । माधव नेपाललाइ कुनै पदीय लालच देखाएर वहाँको एजेण्डाहरुलाइ कम्जोर बनाउन सकिने रहेनछ भन्ने स्पष्ट भएको छ किनकि वहाँलाइ एकाथरीले अध्यक्ष अनि अर्काथरिले प्रधानमन्त्री प्रस्ताव त गरेकै थिए नि । तर वहाँले क्षेणीक रुपमा पद प्राप्ति गर्ने भन्दा दृघकालिन वृहत हित हुने एजेण्डा स्थापित गर्ने कुरालाइ नै प्रथामिकता दिनु भयो । जसले गर्दा माधव नेपालको निष्ठा र निस्वार्थता त प्रमाणित भयो-भयो त्यसको साथै नेकपाको संकटलाइ पनि विधिवत ढंगले टुंग्याउने बाटो खुल्यो ।