आर्थर गन अमेरिकन आइडलमा टप ११ मा

नेपालय

नेपाली गायक दिवेश पोखरेल आर्थर गन अमेरिकन आइडलमा टप ११ मा पुगेका छन् ।

उत्कृष्ट ११मा परेका दिवेशले जोन डेनभरको टेक मी होम कन्ट्री रोड गाएका थिए । उनले यो गीतले म जहां हुर्किए त्यो ठाऊको याद दिलाउंछ भने ।

शोका निर्णायकहरू लियोनेल रिची, क्याटी पेरी र लुक ब्रायन तीनै सदस्यले दिवेशको प्रसंशा गर्ने गरेका छन्। ५ वर्ष अघि अमेरिका गएका दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आएका छन्।