नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलकाे टप टेनमा

बैशाख २३ न्युयोर्क ।  नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

 

Arthur Gunn – Dibesh Pokharel

Here we go, on the top 10. Thank you everyone for supporting since the start, words won’t do justice for how much i appreciate this massive support from all around the world. Thank you for voting!!! To be standing here and having your open ears towards me, it’s beyond any dreams. I have seen a lot of best musician, artist, playing out in the streets, empty halls with few ears, and so on. I feel blessed for being able to sing for you all have my voice heard. I’m excited to get on the road one of these days to perform and have good times with you all.

With respect and love,
Dibesh Pokharel (Arthur Gunn)

Arthur Gunn - Dibesh Pokharel को फोटो।
अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए । त्यो क्रम अहिलेसम्म जारी छ । अमेरिकन आइडलमा उनले आफूलाई ‘अर्थर गन’ नामले चिनाएका छन् ।

टप १० मा छनोट भएपछि दिवेशले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै संसारभरबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको उल्लेख गरेका छन् । उनले आफ्नै घरमा आइतबार साँझ गितार बजाउँदै प्रस्तुति दिएका थिए। कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण आइडलका प्रतिस्पर्धीले घर-घरबाटै प्रस्तुति दिएका हुन्।

यस्तै दिवेश पोखरेलको सफलताबाट प्रभावित भएर नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले उनी टप टेनमा पुगेकोमा आफू निकै खुशी भएको भन्टै ट्वीट नै गरेर प्रशन्नता व्यक्त गरेका छन ।

 

 

 

दिवेशको प्रस्तुतिपछि निर्णायक लियानेल रिचीले निकै प्रशंसा गरे। दिवेशले जोन डेन्भरको गीत गाएको शैली वास्तवमै अकल्पनीय भएको उनले बताएका छन्।

कामाठाडैंमा जन्मिएका गायक पोखरेल सन् २०१३ मा अमेरिका पुगेका हुन्। यसअघि उनले न्यानो घर, मन, समुन्द्र पारि, कर्णाली, प्रलय ए, र प्रलय बीजस्ता गीत सार्वजनिक गरिसकेका छन्।