व्यवस्था फेरियो व्यक्तिका अनुहार फेरियो तर जनताको जीवनस्तर मा केही परिवर्तन आएन

घनश्याम पोखरेल

टेक्सस अमेरिका

नेपाली कमनियुष्टहरुको समाजवाद उन्मुख स्वतन्त्र स्वाभिमान नेपाल निर्माण पूर्व नेताहरूको व्यवहारवाद परिवर्तन गर्न आवश्यक छ।

नेपालमा कैयौँ पटक नेपाली जनताको बलिदानी पूर्ण संघ्रर्षशिल आन्दोलन द्वारा स्थापित राजनैतिक व्यवस्था परिवर्तन भयो।व्यवस्था फेरियो। व्यक्तिका अनुहार फेरिए।तर जनताको जीवनस्तर मा केही परिवर्तन आएन।

फेरियो त केवल श्रमजीवी सर्वहारा वर्गको नेतृत्व गर्छु भन्दै जनताको नाममा राजनीति गर्ने जनताका रगतपसिना चुस्न पल्केका ती नेताको नाम दिएका जुकाहरूको मात्र फेरियो।

जति वेला पनि पद र प्रतिष्ठाका लागी लुछाचुँडी गर्ने अहिलेका नेतारुको व्यवहार परिवर्तन नगरेसम्म नेपालमा समाजवाद को कल्पना पनि गर्न सकिने अवस्था छैन।

सर्व प्रथम समाजवाद किन र केका लागी भन्ने कुराको अध्ययन यी अहिलेका नेताहरूले बुझेका छनकी छैन वा बुझेर पनि अन्योल मा छन्।भन्ने कुरामा शङ्का छ।यदि बुझेका छन्।भनम भने समाजवादको नारा जनतातिर नेताहरूको व्यवहार चाहिँ दलाल पुजिपती,घुसिया,भुमाफियाको माध्यम वाट आ-आफ्नो भुँडी तिर फैलिरहेको छ।यस्तो जटिल परिस्थिति मा कसरी समाजवादको कल्पना गर्ने।

“समाजवाद” एउटा यस्तो आर्थिक व्यवस्था हो जहाँ देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व पूर्णतया सरकारमा निहित हुन्छ जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ। यस्तो आर्थिक राजनीतिक व्यवस्था अङ्गीकार गर्ने राष्ट्रलाई समाजवादी राष्ट्र भनिन्छ। तर मलाई लाग्दैन अहिलेको हाम्रो देशको नेतृत्व गर्ने नेतृत्वकर्ता को यही व्यवहार वाट नेपालमा समाजवाद स्थापित हुन्छ भन्ने।

नेपालमा पटपटकको राजनैतिक परिवर्तन पछि पहिलो पटक जनताका प्रतिनिधि द्वारा लिखित नेपालको संविधान २०७२ ले पनि नेपाली अर्थतन्त्र समाजवाद उन्मुख रहने भनी उल्लेख गरेको छ।तर पनि वर्तमान समयमा राजनैतिक नेतृत्वमा बढ्दै गएको सत्ता शक्तिको दबदबा सँगै नातावाद,कृपावाद,तथा व्यक्तिगत सम्पत्तिको मोहले गर्दा संविधान र आम नेपालीले आसा गरे अनुसारको समाजवाद देशमा स्थापित नभई अवसरवादमा निहित राष्ट्रिय पुँजीवादी दलाल अर्थव्यवस्था नै सक्रिय रूपमा सञ्चालन हुने प्रशस्त उदाहरण देखा परिरहेका छन् ।
अब झन् कसरी कल्पना गर्न सकिन्छ नेपालमा समाजवाद लागु हुन्छ भनेर ।अहिलेको जस्तो अति महत्त्वाकाङ्क्षी र व्यक्तिगत लाभमा मरीहत्ते गर्ने चरम भ्रष्टाचारमा डुबुल्की मार्दै आफ्ना आसेपासेहरूलाई संरक्षण गर्दै अतिवादीलाई बढवा दिने राजनीतिक र प्रशासन क्षेत्र भएसम्म नेपालमा केही परिवर्तन नहुने निश्चित छ ।
अझ भनाै अहिलेको परिवर्तन त विल कुलै राजनैतिक मर्यादा भन्दा बाहिर गइरहेको छ।जसको ज्वलन्त उदाहरण सरकाबाट सञ्चालित विकास निर्माणको कैयौँ विकासे योजना सञ्चालनमा राम्रालाई भन्दा हाम्रालाई प्राथमिकतामा राख्ने कमिसन र घुसियालाई सुम्पिदिने परिपाटी नै विकाश निर्माणको प्रमुख दुस्मन भईरहेकोछ।यही परिपाटीको जबसम्म अन्त्य हुँदैन तबसम्म समाजवाद वा पुँजीवाद लागु गर्न सकिन्न ।

निष्कर्ष
यसको लागी सबैभन्दा पहिला सम्पूर्ण राजनैतिक र उच्च तहका बहालवाला सँगै पूर्व प्रशासक हरुको सम्पत्ति छानबिन गर्नुपर्दछ।साथै राजनैतिक दलका अङ्गका रूपमा रहेका प्रशासनिक क्षेत्रभित्रका सङ्गठनहरूको सम्पूर्ण रूपमा खारेज गर्नुपर्दछ।

देशमा रहेका कैयौँ क्षेत्र छन् जुन सदियौँदेखि भ्रष्टाचार को चङ्गुलमा फसिरहेका क्षेत्रको वास्तविकतालाई गम्भीर ताका साथ लिएर व्यवस्थित गर्दै अघि बढ्ने।साथै प्रकृतिले भरिपूर्ण हाम्रो देश ।आर्थिक उपार्जन का सम्भावित हरेक ठाउँको पहिचान गरी उपयोग गर्दै मानवीय जीवनमा आई पर्ने गाँस,बास,कपास,सँगै शिक्षा ,स्वास्थ्य ,जस्ता महत्त्वपूर्ण पक्षलाई निःशुल्क गर्दै शिक्षामा व्यवहारिक ज्ञानसहितको सिपमूलक शिक्षाको परिकल्पना गराै।
देशमा रहेका विभिन्न निज क्षेत्र द्वारा सञ्चालित उद्योग कलकारखाना लाई व्यवस्थित गराै सरकार र निज क्षेत्रको सहकारिता मार्फत आधुनिक अैाद्योगिकरणको विकास गरी रोजगारी का अवसरहरू निर्माण गह्रौँ।

कृषिप्रधान देश भनेर नाममा मात्र सीमित नगरी व्यवस्थित आधुनिक कृषि उपजको रूपमा कृषिमा परिवर्तन गह्रौँ तब मात्र संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थव्यवस्थाको विकास गर्न सकिन्छ । देशलाई आत्मनिर्भर बनाई संवृद्ध नेपाल सुखी नेपाली भन्ने नाराले सार्थकता पाउनेछ।र आवश्यकता अनुसार पुँजीवादलाई पनि अघि बढाउन सकिनेछ।