नेपाली कांग्रेस कालिकाका पुर्ब पार्टी सभापति त्रिपाठीको निधन

नेपालय, संवाददाता, पोखरा ३० बैशाख ।

साविक कालिका गा.बि.स नेपाली कांग्रेसका पुर्ब पार्टी सभापति तथा झाझरमारे गाउँ पन्चायतका पुर्ब प्रधानपन्च राजेन्द्र प्रसाद त्रिपाठिको निधन भएको छ ।

 

विभिन्न सामाजिक संघ संस्थामा आबद्ध सामाजिक ब्यक्तित्व नेपाली कांग्रेसका कृयासिल सदस्य पोखरा उ.वा संघ का कार्य समिति सदस्य कीर्तिबल्लभ त्रिपाठि र क्रियाशिल सदस्य बिष्णु प्रसाद त्रिपाठि,शिव प्रसाद त्रिपाठी  पिता, राजेन्द्र प्रसाद त्रिपाठि को आज निधन भएको हो ।

 

८३ बर्ष उनी प्रजातन्त्रप्रती आस्थावान तथा साविक कालिका हाल पोखरा २८ लाई अत्यन्तै माया गर्ने उनको निधनले यस क्षेत्रका जनतालाई स्तब्ध तुल्याएको छ ।

उनको भोलि बैशाख ३१ गते बिहान ९ बजे रामघाटमा अन्तिम दांसस्कार गरिने भएको छ ।