स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितीकोे क्यालेन्डर बिमोचन

जेष्ठ १ पोखरा ।
नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितीे २०७७ सालको क्यालेन्डर बिमोचन गरेको छ ।
“आफु पनि बंचौ अरुलाई पनि बचाऔं” भन्ने मान्यता लाई मनन गर्दे सामाजिक सचेतना जगाउदै गण्डकी मेडिकल कलेज अस्पताल परिसरमा क्यालेन्डर बिमोचन गरीएको हो ।

 

 


नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाईका अध्यक्ष दीपक कार्कीले भित्रे पात्रो सार्वजनिक गर्दै श्रमिक संघ जहिले पनि रचनात्मक काम गर्दै कलेजको बृद्दि बिकासमा लागेको बताए । भित्रेपात्रो प्रकाशन समितिका संयोजक हरि बहादुर बस्नेतले यस विषम परिष्थीतीमा सयोग गर्ने सवैमा धन्यवाद प्रकट गरेका थिए । ईकाइ अध्यक्ष दीपक कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य ब.उपाध्यक्ष डा.शकंर पौडेलले गरेका थिए भने कार्यक्रम सन्चालन सचिव राजन प्रोख्रेलले गरेका थिए । कार्यक्रममा कलेजमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी एवंम कर्मचारीहरुको सहभागीता रहेको थियो ।