अमेरिकामा नि:शुल्क खाद्यान्न कार्यक्रम वितरण सम्पन्न ।

न्यु-योर्क अमेरिका: गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले समुदायलाई स्वस्थ र पोसिलो खानामा पहुँच दिलाउने उद्देश्यले तात-तातो खाना पकाएर न्यु-योर्कको ज्याक्सन हाईट्स मा अवस्थित फाउन्डेसनको कार्यालय अगाडि वाट निःशुल्क वितरण गरेको छ। उक्त खाना वितरण कार्यक्रम न्यु-योर्क सहर को ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक अडाम्स स्वयम् ले आज बिहीबार, मई २१ को ७ बजे बेलुका बाट सुरु गर्नु भएको ८:१५ सम्म चलेको थियो।

उक्त कार्यक्रम को आयोजना PAYSUSA, NYPD MOS, Muslims Giving Back, Shorefront Coalition, YAMAUSA, Khyber Society of America, DH Care, Innayah Services, Mohamad Bhuiyan र Gyro King
सँग सहकार्य गरी निःशुल्क वितरण गरेको गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी गराए।

प्रेसिडेन्ट एरिक अडाम्स सँग सहकार्य गर्दै नेपाली लगायत सबै समुदाय का २०० जना लाई निःशुल्क तात-तातो स्वस्थ खाना वितरण गरिएको थियो। प्रेसिडेन्ट एरिक अडाम् एक घण्टा सम्म हामी माझ रहेर यस कार्यक्रमको शोभा बढाइ दिनु भएको थियो।

यसै कार्यक्रममा नेवि सघंका पूर्व केन्द्रीय सदस्य ज्ञानल थापा, रोटरी क्लब अफ न्युयोर्कका अध्यक्ष नवराज के सी, एन आर एन अमेरिका-न्यु योर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी हरूको पनि उपस्थिति रहेको थियो।

फाउन्डेसनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन,मन र बचन दिएर खटने स्वयंसेवकहरू क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रीय सदस्य द्वय प्रेम पौडेल र सूर्य सीमखडा र यु.एन.आई ग्लोबल युनियन नेपाल कि प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्त रहेका छन्।
गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक अडाम्स, ब्रदर अहशान चुक्ताई, ब्रदर दिलीप चौहान र सबै सघं संस्थालाई धन्यवाद एवम् हार्द्वीक आभार प्रकट गर्दछ।