जीपी फाउन्डेसनले न्युजर्सीमा नि:शुल्क खाद्य सामग्री वितरण

न्यु-जर्सी, अमेरिका: कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त बनिरहेका बेलामा जनस्वास्थ्य तथा पोषणविद्ले शरीरको रोग प्रतिरोधी क्षमता बलियो बनाउन सके धेरै रोगबाट जोगिन सकिने ,सङ्क्रमणबाट आफूलाई मुक्त राख्नका लागि शरीरको सबैभन्दा ठुलो हतियार ‘इम्यूनिटी’ अर्थात् प्रतिरक्षा प्रणाली भएको विज्ञहरूको भनाइलाई सम्मान गर्दै गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले समुदायलाई स्वस्थ र पोसिलो खानामा पहुँच दिलाउने उद्देश्यले नि:शुल्क खाद्य सामग्री वितरण कार्यक्रम मई २१, २०२० बिहीबार बेलुका न्यु-जर्सी राज्यमा गर्‍यो।

न्युजर्सीको जर्सी सिटी निवासी गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाकी सह-कोषाध्यक्ष पुनम राना मल्लको अगुवाइ मा खाद्य सामग्री वितरण कार्यक्रम भव्यता का साथ सम्पन्न भयो।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेको संयोजनमा न्यु-योर्क लाईफ ईन्सुरेन्स का जीवन बिमा उत्पादक(एजेन्ट) भेष राज खत्रीको समन्वय र दीपक खुनाले उपलब्ध गर्नु भएको र देब शङ्कर जी र एन आर एन न्यूजर्सी च्याप्टरका सचिव कृष्ण सुबेदी र सदस्य सूर्य तिवारी को सहयोगमा आज न्यूजर्सीको कार्डवेल युनिभर्सिटीको १०० जना भन्दा बढी बिद्यार्थीहरु लाई समन्वय गर्नु हुने न्यूजर्सीको सामाजिक अभियन्ता विष्णु माया परियार, नेजससअ का महासचिव महेश मल्ल र यसै फाउन्डेसन कि सह-कोषाध्यक्ष पुनम राना मल्लको सहकार्य मा ११५ बक्स ताजा तरकारी सलादहरु वितरण गर्‍यौ।