दुई महिनापछि भारतले थाल्यो आन्तरिक उडान

जेठ १२ । भारतले दुई महिनापछि सोमबारदेखि घरेलु उडान शुरु गरेको छ । दिल्लीको इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टमा बिहान पौने ५ बजे पुणेका लागि पहिलो उडान गरेको हो ।

 

 

विमानका सबै यात्रुको एयरपोर्टमा स्क्रिनिङ गरिएको थियो । एयरहोस्टेजहरुले फ्लाइटमा पीपीई किट लगाएका थिए । यात्रुहरुले पनि सुरक्षाका लागि पर्याप्त सावधानी अपनाएका थिए । विमानस्थलमा दुई मिटरको दुरीको पालना अनिवार्य गरिएको थियो ।

 

 

सबै यात्रुलाई एयरलाइन्सले नै फेस कभर मास्क प्रदान गरेका थिए । आन्ध्र प्रदेश र पश्चिम बंगालबाहेक भारतका सबै प्रदेशमा आन्तरिक उडान थालिएको छ ।

मुम्बई एयरपोर्टबाट भने बिहान ६ः४५ बजे पहिलो उडान पटनाका लागि उडेको थियो । त्यसका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको थियो । एयरपोर्टमा नयाँ नियम लागू गरिएको छ ।एजेन्सी