नेपालमा चौंथो व्यक्तिको कोरोनाबाट मृत्यु,कोरोना संक्रमित ६८२ पुगे

१२ जेठ,

नेपालमा संक्रमितको संख्या तिव्र भइरहेका बेला सोमबार मात्र ७८ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहानको रिपोर्टमा आज मात्रै ७२ जनामा संक्रमण फेला परेको थियो । दिउँसोको अपडेट अनुसार पुनः ६ जना संक्रमित फेला परेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

 

पछिल्ला संक्रमितहरु अछाम मेललेख गाउँपालिकाका ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया १० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका ४ का १८ वर्षीय पुरूष, काठमाडौं १५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

 

योसँगै संक्रमितको संख्या ६ सय ८२ पुगेको छ। हालसम्म निको भएर फर्किनेहरु १ सय १२ जना पुगेका छन् ।

प्रदेश १ मा २६, प्रदेश २ मा ३४, बागमती प्रदेशमा ११, गण्डकीमा २, प्रदेश ५ मा ३४ र सुदुरपश्चिम प्रदेशमा ५ जना डिस्चार्ज भइसकेको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

पर्साको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा ४ जेठमा मृत्यु भएका १ जना वृद्धमा कोरोना संक्रमण थियो भन्ने पुष्टि भएको छ । त्यससँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।
नारायणी अस्पतालका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले ती वृद्धको स्वाब जाँच्दा कोरोना पोजेटिभ आएको जानकारी सोमबार दिएका छन् ।

मृत्यु भएको ती वृद्ध बाराका ७० वर्षीय पुरुष हुन् । उनमा मिर्गाैलाको समस्या थियो । मिर्गाैलामा समस्या भएपछि वृद्ध वीरगन्जको अस्पताल भर्ना भएका थिए । उनको स्वाब परीक्षण काठमाडांैमा भएको हो । वृद्धको परिवारले अन्तिम संस्कार गरिसकेका छन् ।

यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका १ जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।