नि:शुल्क खाद्यान्न वितरण कार्यक्रम सम्पन्न।

न्यु-यार्क, अमेरिका: गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले समुदायलाई स्वस्थ र पोसिलो खानामा पहुँच दिलाउने उद्देश्यले नि:शुल्क खाद्यान्न वितरण कार्यक्रम मे २५, २०२०, सोमवार छैटौँ पटक भव्यता का साथ सम्पन्न गरेको छ।

अमेरिकी डेमोक्र्याटिक पार्टीका भाइस चेयर एवम् न्यु योर्क राज्यका एसेम्ब्लीमेम्बर माइकल ब्ल्याक सँग सहकार्य गरी निःशुल्क वितरण गरिएको हो। वहाँ ले यसै फाउन्डेसन लाई २०० प्याकेट को तयारी खाना फाउन्डेसनकै कार्यालय अगाडि डेलीभरि गराइ सहयोग स्वरूप प्रधान गर्नु भएको थियो र आजै विभिन्न सघा-संस्था का प्रतिनिधिहरू मार्फत वितरण गरिएको जानकारी यसै फाउन्डेसन का अध्यक्ष सोमनाथ घिमिरेले दिनु भयो।

फाउन्डेसन को निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन,मन र बचन दिएर खटने स्वयंसेवकहरू क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा र केन्द्रीय सदस्य सूर्य सीमखडा हरू हुनुहुन्थ्यो।

आज दिउँसो २ बजे वितरण कार्यक्रम फाउन्डेसनको कार्यालय अगाडि वाट सम्पन्न भयो र यस कार्यक्रममा फाउन्डेसनका मानार्थ सदस्य मोहम्मद रसिद, क्वीन्स बोरो कम्युनिटी जका अध्यक्ष शाहनवाज, ने.का. महा-अधिवेशन प्रतिनिधि प्रमोद सिटौला, नेपाल तरुण दल अमेरिका का उपाध्यक्ष अनन्तराज सुबेदी, न्यु योर्क हिसपानिक संस्थाका लुइस गोन्जालेस, एसोसिएसन अफ अमेरिकन फिलिपीनो संस्थाकी मे रुथ हरूको पनि उपस्थिति रहेको थियो।

वितरणकै क्रममा घ्याल्सुम्दो सेवा संस्था अमेरिकालाई ९६ प्याकेट खाना निवर्तमान अध्यक्ष छिरिङ राप्के लामा मार्फत र ३५ प्याकेट खाना युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्यु योर्क च्याप्टरका अध्यक्ष केशव राम राई मार्फत हस्तान्तरण गरियो।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका डेमोक्र्याटिक पार्टी अमेरिकाका भाइस चेयर एवम् न्यु योर्क राज्यका एसेम्ब्लीमेम्बर माइकल ब्ल्याक लाई धन्यवाद एवम् हार्द्वीक आभार प्रकट गर्दछ