अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या लाख नाघ्यो

जेठ १४ अमेरिका ।
संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या लाख नाघेको छ।

 

 

बुधबार बिहान साढे ८ बजेसम्मको तथ्यांकअनुसार त्यहाँ कोरोना भाइरसको संक्रमणले १ लाख ५ सय ७२ जनाको मृत्यु भइसकेको छ। त्यस्तै संक्रमितको संख्या १७ लाख २५ हजार २ सय ७५ पुगेको छ।

 

 

तर यीमध्ये २४ लाख ३० हजार ५ सय ९३ जना निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकले देखाएको छ। एजेन्सी