‘मःम जस्तै पुस्तक निकाल्दैछु’ राजन थपलिया, लेखक

राजन थपलिया जो अमेरिकी बजारमा नेपाली लेखकको रुपमा आफुलाई स्थापित गर्ने कार्यमा लागी परेका युवा हुन । हुनत उनी मेडिकलको बिद्यार्थो भएता पनि उनीका लेखाईमा जीबनका भोगाई तथा जीबन दर्शान तथा नेपाली माटोको सुगन्धहरु पनि पाँउन सकिन्छ । जीबनका हरेका पाटोहरुलाई केलाउदै उकालो लाग्दै गरेका युवा लेखक राजन थपलिया सगं बिष्णुप्रसाद पौडेलले गरेका कुराकानीका अशंहरु

तपाईंको साहित्यिक यात्रा कसरी सुरु भयो ?
म राम्रो पाठक थिएँ । म १० कक्षामा पढ्ने बेलामा तीन हजार किताब पढ्यो भनेर मेरो बारे फिचर न्युज आएको थियो । नेपालमा हुँदा चाहिँ म लेख्दिनथें । अमेरिका आइसकेपछि क्विन्स लाइब्रेरीमा म दिनहुँ जस्तो गइरहन्थें । मैले त्यहाँ करिब ६ हजार जति किताब पढें । एक दिन मैले दुईटा किताब लगें । तर मलाई ती किताब पटक्कै मन परेन र तुरुन्तै फिर्ता गरेर अन्य ५,६ वटा किताब लगें । ती किताब यति राम्रा थिए मलाई साह्रै मन पर्यो । त्यसपछि मलाई भित्रैबाट यत्तिको चिज त मैले नि लेख्न सक्छु जस्तो अनुभव भयो । त्यसपछि मैले लेख्न थालें । केही लेखेपछि प्रतिक्रिया प्राप्त भयो र प्रोत्साहनले गर्दा लेखन कार्य सुरु भयो ।

सुरुवाति दिनमा के लेख्नु भयो ?
मैले सुरुमा उपन्यास लेखें । त्यो उपन्यास मैले नेपालीमा लेखेको थिएँ । त्यो घरमै छ, प्रकाशित भएको छैन । त्यसपछि मैले कविता लेखें । त्यसपछि मैलै हजारभन्दा बढि गीत, गजल, कतिवा लेखें । एक डेढ वर्ष म गीत गजलमै डुबें । दिनहुँ लेख्थें । पछि पत्रिकामा लेख लेख्न थालें । लेख चाहिँ मैले नेपाल मै हुँदा लेख्ने गथें । एउटा प्रसंग जोडि हालें । मलाई एउटा कुरा सम्झदा रमाइलो लाग्छ । हाम्रो छिमेककीले मेरो लेख पढ्दा रहेछन् । मिनिङ कन्ठ पार्ने भन्दै शब्दकोष हेर्दै मेरो लेख पढ्दा रहेछन् । मैले देख्ने बेलामा छोप्ने गर्थे । पछि उनीहरुले मलाई भनेका थिए ।

तपाईं धेरै विधामा लाग्नुभयो, तपाईंलाई चिनाउने विधा चाहिँ कुन हो ?
मलाई सामाजिक सन्जालले नै चिनायो । कान्तिपुुरमा धेरै किताब पढेको भन्ने मेरोबारे लेख छापिएपछि मान्छेहरुले मसँग सम्पर्क गरे । म विभिन्न रिडर्स ग्रुपमा आवद्ध हुन थालें । अनि विभिन्न पत्रिकामा छापिएका लेखले गर्दा चिन्न थाले । पछि मैले ‘थिंकिङ अबाउट इट’, ‘सिम्पल रुल्स्’ र ‘टनिङ प्वाइन्स’ भन्ने किताब लेखें । मेडिकल साइन्समा आधारित ‘स्विट स्पिसेस’ ‘रिजोइस’को दुईटा सिरिज आइसकेको छ । त्यसको जम्मा दशवटा सिरिज हुनेछ । लेख र किताबले गर्दा मान्छेले राजन थपलियालाई नोटिस गरे ।
मैले लेखेका किताब दर्शनसम्बन्धि, व्यक्तित्व विकाससम्बन्धि थिए । तपाईंको किताब पढ्दा पोजेटिभ भाइब्रेसन आयो र हामीले सकारात्मक तरिकाले आफ्नो जीवन परिवर्तन गर्न सक्दा रहेछौं भन्ने खालका प्रतिक्रिया प्राप्त हुन्थ्यो । त्यसपछि नै मेरो टर्निङ प्वाइन्ट आयो ।
rajan thapaliyaअमेरिकी साहित्यको तुलनामा नेपाली साहित्य कहाँ छ जस्तो लाग्छ ?
सिस्टम नभएको कारणले देश नै विकास हुन सकेको छैन । देशलाई नै तुलना गर्न मिल्ने स्थिति छैन । हामी धेरै पछाडि छौं । साहित्यको स्थिति पनि त्योभन्दा केही पनि फरक छैन । साहित्यको विकासको लागि त बजारीकरण हुनुपर्छ । बजार व्यवस्थित नभएपछि जेजे लेखे पनि त्यसको कुनै अर्थ हुँदैन । अब हाम्रो देशमा पनि गुरुङ, मगर भाषाका फिल्म त बनेका छन्, गीतहरु गाइएका छन् तर हामी नेपाली भएपनि त्यो कुरा हामीलाई नै थाहा छैन । विश्वको स्थितिमा हेर्ने हो भने नेपाली भाषा र हाम्रो देश पनि त्यसरी नै लोप हुँदै गइरहेको जस्तो लाग्छ मलाई । किनभने बजारै छैन । बजार नभएपनि विस्तार त गर्न सकिन्छ नि । जस्तो कोरियालीले गीत गाएर त्यत्रो संसारभर चर्चा पायो । अमेरिकीले त कोरियाली भाषा त बुझ्दैनन् तैपनि गुणस्तर भयो, रुचिपूर्ण भयो र त्यो गीत अमेरिकामा पनि चल्यो । हाम्रो पनि डाँडाकाँडा बस्तिका कथा ल्याउनु प¥यो । लेख्न त लेखिएका छन् तर ती मान्छे कहाँ छन् कहाँ । अनि अर्को कुरा नेपालमा राम्रो मार्केटिङ पाउनको लागि कि पत्रकार, मिडिया हाउससँग लिंक हुनुप¥यो । जो मान्छेसँग पैसा छैन, त्यो मान्छे माथि आउनै सकिरहेको छैन । जोसँग पैसा छ उनीहरु साथीभाइको नाताले बुक छाप्छन्, दुई सय प्रति बजारमा पुग्न पाएको छैन अर्को संस्करण छाप्न पुगिहाल्छन् । यस्तै कारणले नेपाली साहित्य माथि आउन नसकेको हो ।
अमेरिकाको मेन फोकस भने कै मार्केटिङमा हुन्छ । नेपाली भाषा, सस्ंकृति अमेरिकाको भन्दा कम छैन । अमेरिकीहरु चाहिँ विश्वव्यापारिकण गर्नुपर्छ भन्ने तर्फ लागे । हाम्रो चाहिँ हामी मै मात्र सीमित हुनुपर्छ । प्रचार गर्नुहुँदैन, राम्रो काममात्र गर्नुपर्छ भन्ने घटिया मानसिकताले गर्दा माथि पुग्न सकेको छैन । अनि अर्को कुरा अमेरिकी साहित्यमा हरेक कुरा हेरिन्छ । कन्टेन्ट मात्र होइन, ४÷५ जना सम्पादकले हेर्छन् । मिडियाबाट रिभ्यू भैराखेको हुन्छ । त्यसले गर्दा राम्रोराम्रो चिजहरुमात्र आइरहेको छ ।

तपाईंले हालसम्म कतिवटा पुस्तक प्रकाशन गर्नुभयो ?
मैले २२ वटा कृति तयार पारिसकें । १० वटा पुस्तक प्रकाशित भइसके ।

कस्ताकस्ता पुस्तक प्रकाशन गर्नुभयो ?
मैले सुरुमा व्यक्तित्व विकाससम्बन्धि र उत्प्रेरणात्मक ‘थिंक अबाउट इट’ भन्ने पुस्तक लेखें । जुन कुरा अमेरिकी बजारमा चलिराखेको पनि हो । मैले सिकेर भोगेका कुरा अभिव्यक्त गर्न खोजेर लेखेको हँु । तर, त्यो लेख्दा पनि आफ्नो जीवनमा पनि धेरै कुरा परिर्वतन आयो । अनि ममा परिर्वतन आयो भनेपछि अर्को पनि मान्छे नै हो उसमा पनि परिर्वतन आउन सक्छ भन्ने लाग्यो र सकारात्मक उर्जा दिनको लागि मैले व्यक्तित्व विकाससम्बन्धि पुस्तक लेखें । मैले कथा, कविता, उपन्यास पनि लेखेको थिएँ । तर मलाई सुरुवाता तिनबाट गर्न मन लागेन । किनभन्दा, कोहि मान्छेले राजन थपलियाको किताब पढेर हामीले आफ्नो जीवन परिवर्तन ग¥यौं, राम्रो राम्रो टर्निङ प्वाइन्ट आयो भन्नु र राजन थपलियाको किताब पढेर मलाई आत्महत्या गर्न मन लाग्यो भन्नु धेरै फरक हुन्छ । मलाई रुन्चे साहित्य लेख्नुभन्दा उत्प्रेरणात्मक पुस्तक लेख्दा छुट्टै सन्तुष्टि भयो । तर अहिले म फेरि साहित्यमा नै फर्किएको छु ।

rajan thapaliya 4तपाईं नेपाली मुलको अमेरिकी, आफ्ना पुस्तकमा नेपालका विषयवस्तुलाई कसरी समेट्नु भएको छ ?
अब छिट्टै प्रकाशन हुन लागेको पुस्तकमा नेपालका कुरा समेटेको छु । मेरो किताब पढिसकेपछि मान्छेलाई नेपाल जाउँजाउँ लाग्ने, नेपाली खाना खाउँखाउँ जस्तो लाग्ने पुस्तक छ । नेपालीहरुले सबैभन्दा बढी मन पराएको खाना मःम जस्तै किताब आउँदैछ । जुन चिज चाहिँ हरेक खालका मान्छेलाई मन पर्न सक्छ । बाहिर धुम्न जाँदा पनि एउटा किताब झोलामा हालेर लैजाउँ है भन्ने जस्तो, होटलमा बसेर, समुद्रको किनारमा बसेर पढ्न सकिने बुक छ । त्यो पढिसकेपछि निस्कर्षमा नेपाल भन्ने देश चाहिँ जानै पर्ने रै‘छ, नेपालीहरुलाई भेट्नै पर्ने रै‘छ, नेपाली खाना खानै पर्ने रै‘छ, वीर गोर्खालीको देश, सगरमाथाको देश, बुद्ध जन्मेको देश नेपाल जानै पर्ने रै‘छ भन्ने अनुभव हुन्छ । एउटा किताबको माध्यमबाट त्यतिसम्म प्रेरित गराउँ भन्ने मेरो सोच हो ।

तपाईंका पुस्तकको अमेरिकी बजारमा कस्तो प्रभाव परेको छ ?
म अहिले दौडिरहेको छैन । भर्खर खुट्टा टेकेर हिन्दै छु । तर पुस्तक पढेका मान्छेहरुबाट सोचेभन्दा बढि राम्रो प्रतिक्रिया पाएँ । पुस्तक पढेर सकारात्मक परिवर्तन आयो, यस्तो पुस्तक लेख्ने मान्छेसँग सम्बन्धमा रहिरहनुपर्छ भन्ने खालको प्रतिक्रिया पाएको छु । कसैको कुरा सुनेर, कसैको विचारले, पुस्तकले गर्दा परिवर्तन हुन्छ भनें मैले यसैलाई सकारात्मकरुपमा लिएको छु ।

अमेरिकी बजारमा नेपाली साहित्यको स्थान कस्तो पाउनुभएको छ ?
जुन बेला लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौडेल, विपी कोइरालाका कृति आए, ती कृतिहरु नेपाली साहित्यको कोशेढुंगा नै हुन् । ती किताब अमेरिकाबाट प्रकाशित भएको भए न्युयोर्क टाइम्सको बेस्ट सेलर हुन्थे । त्यसपछि नेपाली साहित्यको हाँगा नै भाच्चिएको छ । म आफूलाई लेखकभन्दा पनि पाठक भन्न मन पराउँछु । किनभने म अत्यधिक अध्ययन गर्छु । अहिले कृष्ण धरावासीले पनि राम्रो लेख्नुहुन्छ । तर आजकलका अन्य लेखकका पुस्तकमा धेरै हिन्दीको प्रभाव पर्न थालेको छ । लेखकले चोरचार गर्न थालेका छन् । कसैलाई खुसी पार्नको लागि लेख्न थालियो । नातावाद, कृपावाद लाग्न थाल्यो । आजकल नेपाली साहित्य त डामाडोल नै छ । बजार नै देखेको छैन मैले । नेपालीले नेपालीको प्रतिनिधित्व गर्न नसकेको भएर अहिलेको साहित्य खस्केको छ । विश्वस्तरमा हेर्ने हो भने यहाँ नयाँनयाँ युनिक चिजहरु आइरहेका छन् । नयाँनयाँ प्रयोगहरु भइरहेका छन् । त्यस्तो नेपालमा छैन । विपीका पालादेखि जुन ब्रेक भयो नेपाली साहित्यमा त्यसलाई त्यहाँबाट डोहो¥याउनको लागि म अमेरिकाबाट लागेको छु, त्यो पनि नेपाली भाषाबाट होइन । कलालाई एकै ठाउँमा सीमित गरिनु हुँदैन । यसलाई विश्वभरि पुर्याउने काम मैले गर्दैछु ।

तपाईंका आगामी योजनाहरु केके छन् ?
विश्वमा चर्चित पत्रिका ‘हफिङटन पोस्ट’मा म लेखकको काम गरिरहेको छु । मैले किताबको माध्यमबाट नेपाललाई चिनाउने प्रयास गरिरहेको छु । मेरा पुस्तक पढिसकेपछि मान्छेहरुलाई नेपाल जाउँजाउँ होस् भन्ने बनाउन खोज्दैछु । किताबको माध्यमबाट नेपाल चिनाउन खोज्दैछु । मान्छेको भाषाले हुने केहि पनि होइन उसको परिचयले हुने हो । अनि नेपाली साहित्यमा जहाँ हांगा भाच्चिएको छ विपीको पालापछि त्यसलाई म अगाडि पु¥याउन चाहन्छु । नेपालीहरुले पनि गर्न सक्छन् भन्ने कुरा पुष्टि गर्नु छ । म अहिले मिडियामा पनि छु । सगरमाथाको वेस क्याम्पमा पुगेको मान्छेलाई सगरमाथामा नै पुग्ने इच्छा भएजस्तै मेरो पनि न्युयोर्क टाइम्समा पनि लेख्ने मन छ । जीवनमा शिक्षाको पनि त्यत्तिकै ठूलो भूमिका भएको हुनाले शिक्षालाई पनि अझै अगाडि बढाउँदै, राम्रो मार्केटिङ गर्दै, सबै कुरालाई व्यवस्थित गर्दै अगाडि बढ्ने मेरो योजना छ ।

आफ्नो समयलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
मान्छेले थुप्रै कुरा गर्छन्, परिवारसँग पनि समय बिताइरहेका हुन्छन्, आफ्ना कुरा पनि गरिरहेका हुन्छन् । समयले आफैं समय व्यस्थापन गर्न सिकाउँदो रहेछ । महत्वपूर्ण कुरा के छ त्यसलाई छोड्नु भएन । राम्रो कुरालाई प्राथमिकता दिएपछि समय व्यवस्थापन आफैं हुँदै जाँदो रहेछ ।

नेपाली साहित्यमा लागेकाहरुले विश्व बजारमा आफ्नो बजार विस्तार गर्न के गर्नुपर्छ ?
विश्व बजारमा आउन चाहनेहरुले संगत राम्रो गर्नु पर्यो । हिमालमा पुगेपछि मात्रै चिसोको अनुभुति गर्न सकिन्छ । तराईमा पुगेपछि मात्रै गर्मीको अनुभुति गर्न सकिन्छ । त्यस्तै विश्व बजारमा आउन चाहने मान्छेले विश्व बजारकै मान्छेसँग संगत गर्नुपर्यो ।

eznepal-sidebar add

Rakshya Travel-sidebar