नेपालमा ११४ जना कोरोना संक्रमित थपिए,संक्रमितको संख्या ८८६ पुग्यो

बुधबार, १४ जेठ ।

नेपालमा आज बुधबार एकै दिन ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका विभिन्न जिल्लामा गरी ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिएका छन् ।

 

 

नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ । संक्रमितमध्ये हालसम्म ४ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १८३ जना उपचारपछि निको भएका छन् ।

 

 

मंगलबार राति नारायणी कोभिड अस्थायी अस्पतालबाट २१, बुधबार कोसी अस्पतालबाट ४ र भेरीस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या १८३ पुगेको हो ।