निःशुल्क खाद्य सामग्री सातौँ पटक वितरण कार्यक्रम सम्पन्न।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले समुदायलाई स्वस्थ र पोसिलो खानामा पहुँच दिलाउने उद्देश्यले निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रम सातौँ पटक मङ्गलवार, २६ मई ४ बजे बेलुका भव्यताका साथ सम्पन्न भयो।

न्यु-योर्क सहर को ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक अडाम्स सँग सहकार्य गरी द क्याम्पेन एगेन्स्ट हङ्गर द्वारा निःशुल्क वितरण फाउन्डेसनको कार्यालय अगाडि वाट गरियो। कार्यालय
न्यु-योर्कको ज्याक्सन हाईट्स मा अवस्थित छ।

प्रेसिडेन्ट एरिक अडाम्स ले यसै फाउन्डेसन लाई २५० ब्याग स्वस्थ खानेकुरा(Dry Foods)सहयोग स्वरूप प्रधान गर्नु भएको थियो र खाद्य सामग्रीहरू वितरण लाइन अनुसार क्रमशः ६ फिट को दुरी मा लाइन लागेर प्रथम प्रथमतः का आधारमा नेपाली लगायत विभिन्न समुदाय का मानिसहरूलाई वितरण गरेको जानकारी गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले गराउनु भयो।

१५० ब्याग स्वस्थ खानेकुरा कार्यालय अगाडि बाडीं सकेर, रहेको १०० ब्याग रिजहुड(क्वीन्स र ब्रुक्लीन कै बोर्डर) मा आजै पुगेर खाद्य सामग्रीहरू वितरण गरियो।


फाउन्डेसन को निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन,मन र बचन दिएर खटने स्वयंसेवकहरू क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रीय सदस्य सूर्य सीमखडा र नेपाल तरुण दल अमेरिकाका उपाध्यक्ष अनन्तराज सुबेदी हरू हुनुहुन्थ्यो।

फाउन्डेसनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा उपस्थित भई सहयोग गर्नु हुनेमा क्रमशः रिजहुड नेपाली समाजका पूर्व अध्यक्ष रवि किरण कोइराला, एन.आर.एन.आई.सी.सी.सदस्य प्रमोद सिटौला, नेजससअ-न्युयोर्कका पूर्व संयोजक विनोद सुबेदी, ने.वि. सघं अमेरिकाका पूर्व अध्यक्ष प्रभात सापकोटा, यु.एन.आई ग्लोबल युनियन नेपाल कि प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्त हुनुहुन्थ्यो।