नि:शुल्क खाद्य सामग्री (तरकारी) वितरण कार्यक्रम सम्पन्न।

न्यु-यार्क, अमेरिका: गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले समुदायलाई स्वस्थ र पोसिलो खानामा पहुँच दिलाउने उद्देश्यले नि:शुल्क शुद्ध तरकारीहरू वितरण कार्यक्रम मे २७, २०२० बुधवार बेलुका आठौँ पटक भव्यताका साथ सम्पन्न गरेको छ।

सनिसाईडसाईन्स संस्था की कार्यकारी निर्देशक जेमि-फाए बिइन सँग सहकार्य र उत्पादक लक्की टमेटोसले निःशुल्क प्रधान गरेको हो। वहाँ ले यसै फाउन्डेसन लाई ४० बक्स गोलभेँडा (प्रत्येक बक्समा २५ पाउन्ड गरी जम्मा एक हजार पाउन्ड) र ५० बक्स शुद्ध तरकारीहरू(प्रत्येक बक्समा १० पाउन्ड गरी जम्मा पाँच सय पाउन्ड) सहयोग स्वरूप प्रधान गर्नु भएको थियो र नेपाली लगायत सबै समुदायका मानिस हरू गरी २०० जनालाई वितरण गरेको यसै फाउन्डेसन का अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिनु भयो।फाउन्डेसन कै कार्यालय अगाडी बाट लाइन अनुसार सामाजिक दुरी मा क्रमशः प्रथमतः का आधारमा वितरण गरिएको थियो।

फाउन्डेसन को निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन,मन र बचन दिएर खटने स्वयंसेवकहरू क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रीय सदस्य सूर्य सीमखडा, केन्द्रीय सदस्य एवं वरिष्ठ लोक गायक विमल डाँगी, यु.एन.आई ग्लोबल युनियन नेपाल कि प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्त, स्वयंसेवकहरू क्रमशः नेवि सघं अमेरिका का निवर्तमान संयोजक प्रभात सापकोटा, विवेक अधिकारी, रीशी आचार्य, सुरज लामा, के. बी. खड्का,माधव जोशी, कुन्जन पौडेल, प्रसम्शा लम्साल लगायत दर्जनौँ स्वयमसेवकहरु खटिनु भएको थियो।

यसै कार्यक्रममा एनआरएनए आइसिसी सदस्य प्रमोद सिटौला, नेजससअ न्यु योर्क पूर्व संयोजक विनोद सुवेदी, नेपाल तरुण दल अमेरिकाका उपाध्यक्ष अनन्तराज सुबेदी, घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो,युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका-न्यु योर्क च्याप्टरका अध्यक्ष केशव राम राई, नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिकाकी कोषाध्यक्ष छोन्जोम लामा लगायत को उपस्थिति रहेको थियो। एमब्लेम हेल्थ ईन्सुरेन्स कम्पनी का प्रतिनिधि हरिश्चन्द्र हमालले आज फाउण्डेशनलाइ नि:शुल्क १०० थान निलो ब्याग एमब्लेम हेल्थको उपलब्ध गराउनु भएको थियो।