आव २०७७/२०७८ को बजेट : १४ खर्ब ७४ अर्ब ६४ करोड

सरकारले आगामी आर्थिक वर्षका लागि रू. १४ खर्ब ७४ अर्ब ६४ करोड को बजेट प्रस्तुत गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा बिहीवार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले उक्त रकम विनियोजन गरिएको बताए ।

गत वर्ष चालू आवका लागि रू. १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट पेश भएको थियो । कुल वार्षिक विनियोजनमध्ये चालूतर्फ रू. ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४ दशमलब ४ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३ दशमलव ९ प्रतिशत छ ।

त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ रू. १ खर्ब ७२ अर्ब ७९करोड अर्थात् ११ दशमलव ७ प्रतिशत छ ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रू. ८ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट रू.६० अर्ब ५२ करोड व्यहोर्दा रू. ५ खर्ब २४ अर्ब ५० करोड न्यून हुनेछ ।

सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रू.२ खर्ब ९९ अर्ब ५० करोड जुटाइने अर्थमन्त्रीले बताए । यसैगरी आन्तरिक ऋणबाट रू. २ खर्ब २५ अर्ब स्रोत व्यवस्थापन गरिनेछ । रासस

आर्थिक वर्ष २०७७/२०७८ को बजेट वक्तव्य