अमेरिकाको बोस्टनमा १ सय २१ वर्षदेखि हुँदै आएको म्याराथन पहिलोपटक रोकियो

जेठ १६ अमेरिका ।
अमेरिकाको बोस्टन शहरमा हुँदै आएको म्याराथन आयोजना भएदेखि पहिलो पटक रद्द भएको छ।

कोरोना भाइरसको सक्रमणका कारण बोस्टन म्याराथन १ सय २४ वर्षमा पहिलो पटक रोकिएको हो। जनस्वास्थ्यलाई ख्याल राख्दै यो वर्ष म्याराथन आयोजना नगर्ने बोस्टनका मेयर मार्टी वाल्सले बताएका छन्।

 

 

म्याराथनमा ठुलो सख्यामा सर्वसाधारण उपस्थित हुने भन्दै अहिलेको समय यसका लागि ठिक नहुने उनको भनाइ छ। विश्वमा नै सबैभन्दा लामो समयदेखि हुँदै आएको म्याराथन १८९७ देखि निरन्तर चलिरहेको छ।

 

 

यसअघिको संस्करण केन्याका लरेन्स चेरोनो र इथियोपियाका वर्नेश डेगेफाले पुरुष तथा महिलातर्फको उपाधि जितेका थिए। यसअघि अप्रिल २० का लागि तोकिएको बोस्टन म्याराथन सेप्टेम्बर १४ सम्मकालागि स्थगित गरिएको थियो। एजेन्सी