कथा सङ्ग्रह “अन्तर्ध्वनि” को लोकार्पण

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरको आयोजनामा मिति ०६/०६/२०२० का दिन अ ने सा स न्यू योर्ककी पूर्व अध्यक्ष, आदरणीय साहित्यकार पूनम काफ्लेज्यूको नवौँ कृति कथा सङ्ग्रह “अन्तर्ध्वनि” को “भर्चुयल” लोकार्पण कार्यक्रम सु सम्पन्न भएको छ।

अनेसास न्यु योर्क च्याप्टरकी पूर्व अध्यक्ष पूनम काफ्लेज्यूको नबौ कृति कथा सङ्ग्रह “अन्तर्ध्वनि “को नेपाली साहित्य जगतमा नै पहिलो पटक भर्चुअल”विमोचन भएको छ । दुई दशकदेखि अनवरत रूपमा साहित्याकाशमा उदाई रहनु भएकी पूनम काफ्लेका प्रकाशित कृतिहरू -भावना ,छायाँ छवि,परदेशिएका पाइलाहरू,जून तारा ,अन्तर्धारा, गीतहरू हुँदै अन्तर्ध्वनि सम्म प्रकाशित हुन आएको छ

उक्त अवसरमा नेपाल निगमका महा वाणिज्य दूत पुष्प राज भट्टराई ज्यु, अ ने सा स केन्द्रका अध्यक्ष राधेश्याम लेकाली ज्यु,अ ने सा स ट्रष्टी अध्यक्ष आदरणीय साहित्यकार गीता खत्री ज्यु, कथाकार मधुवन पौडेल ज्यु, डा. मधु माधुर्य ज्यु, जगदीश उपाध्याय ज्यु, पूर्व च्याप्टर अध्यक्षज्यूहरू आदरणीय साहित्यकार ज्योति पौडेल ज्यु, विकास बिस्टज्यू, राजेन्द्र श्रेष्ठ ज्यु, वर्तमान अध्यक्ष शकुन ज्ञवालज्यु लगायत च्याप्टरका अन्य सदस्यज्यूहरू, सल्लाहकार र साहित्यकार रश्मि भट्ट ज्यु, उपाध्यक्ष साहित्यकार शान्ता घिमिरे ज्यु, राजन महर्जन ज्यु, साहित्यकार जानुका वस्ति ढकाल ज्यु, मेनका पराजुली ज्यु, बेदा खरेल ज्यु, सृजना लामा ज्यु, शोभा बोगटी ज्यु, साहित्यकार सिता खरेल ज्यु, साहित्यकार रश्मि भट्ट ज्यु, किरण काफ्ले ज्युका साथै अन्य साहित्य अनुरागी ज्युहरूको पनि गरिमामय उपस्थित थियो।

उपस्थित सम्पूर्ण सहभागीहरूले कथाकार पूनम काफ्ले ज्यु लाई बधाई ज्ञापन गर्नुभएको थियो भने नेपालबाट जोडिनु भएका अतिथि राधेश्याम लेकाली ज्यु र मधुवन पौडेल ज्युका साथै अतिथि पुष्प राज भट्टराई ज्यु, जगदीश उपाध्यायज्यूले आ आफ्नो छोटो मिठो भावनाहरू व्यक्त गर्नु भएको थियो|
अंतर्ध्वनि कथा सङ्ग्रहको समीक्षा गर्दै डा. मधु माधुर्यज्यूले पूनम काफ्लेज्यूको कृतिमा समावेश भएका बिस वटा कथाको बारेमा प्रस्ट पार्दै कथामा निहित मधुर भाव ,मानवीय समवेदना, पुराना र नयाँ सोचको द्वन्द्व ,रुढीवादी समाज भित्रका बाध्यताहरू, `सेरोगेट´ पिताको महानता, तेस्रो लिंगी समाजले भोग्नु परेको पीडा, बिदेसिएर झेल्नु परेको दुख, पुरुष हृदयको कोमल पन, आदिको बारेमा प्रकाश पार्नु भएको थियो|

उपस्थित पूर्व अध्यक्षज्यूहरू लगायत च्याप्टरका सदस्यहरूले पनि कथाकार पूनम काफ्ले ज्यु लाई शुभकामना र बधाई दिनु भई बिदेसी परिवेशमा लेखिएको अन्तर्ध्वनि कृति लोकार्पण भएकोमा खुसीयाली व्यक्त गर्नु भएको थियो|

सदा झैँ अ ने सा स न्यू योर्क च्याप्टरका महासचिव साहित्यकार राजन महर्जनज्यूले रमाइलो वातावरणमा सुचारुरुपले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने अध्यक्ष शकुन ज्ञवालीज्यूले पूनम काफ्लेज्यूको मिलनसार,सौम्य शालीन व्यक्तित्वको चर्चा गर्दै मिठो मन्तव्य दिनु भएको थियो|
अन्तमा,अध्यक्ष शकुन ज्ञवालीज्यूले उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्दै सौहाद्र वातावरण बाट, करिब दुई घण्टा लामो पुस्तक विमोचन कार्यक्रम, सफलताका साथ सु सम्पन्न गराउनु भए पश्चात् साहित्यकार तथा प्राविधिज्ञ राजन महर्जनज्यूले कम्प्युटर बाट बिदा माग्नु भयो|

यो बिषम् परिस्थितिलाई मनन गर्दै अ ने सा स न्यू योर्कले अनलाइन पुस्तक विमोचन कार्यक्रम गराएको हो |
पूनम काफ्लेज्यूलाई पुनः एक पटक अ ने सा स न्यू योर्कको तर्फ बाट हार्दिक बधाई छ, साथै भविष्यमा पनि पूनम काफ्लेज्यूको कलम निरन्तर अघि बढीरहोस, हाम्रो हृदय भरीको शुभकामना।|
पूनम काफ्लेज्यूको अन्तर्ध्वनि विमोचन कार्यक्रममा उपस्थित आदरणीय अतिथि ज्यु हरुमा पून एक पटक कृतज्ञता ज्ञापन गर्दछौ|
हामीलाई साथ र सहयोग गर्न हुने साहित्य प्रेमीज्यूहरू, शुभ चिन्तकज्यूहरू र बाहिर बाट जोडिएर हामीलाई हौसला प्रदान गर्न हुने सबै द्रष्टा प्रति अनेसास न्यू योर्क आभार व्यक्त गर्दछ| धन्यवाद।