पूर्व‘मिस हिटलर’ प्रतिष्पर्धीसहित चारलाई हिंसा भड्काएकोमा जेल सजाय

लण्डन : पूर्व ‘मिस हिटलर’ को एक प्रतिष्पर्धी र तीन अरु ‘नव नाजी’हरुलाई बेलायतमा तीन वर्षका लागि जेल सजाय सुनाइएको छ ।

गत मार्चमा एक प्रतिबन्धित कट्टरपन्थी समूह ‘नेश्नल एक्सन’को सदस्यता लिएको भन्दै मंगलबार उनीहरुलाई जेल सजाय सुनाइएको हो । बर्मिङ्घम अदालतले २४ वर्षीया एलिस कट्टरलाई तीन वर्षका लागि जेल सजाय सुनाउनुका साथै उनका पूर्वप्रेमी २५ वर्षीय मार्क जोन्सलाई साढे पाँच वर्ष जेल सजाय सुनाएको हो ।

 

 

अरु दुई पुरुष २४ वर्षीय गेरी ज्याक र १९ वर्षीय कोनर स्कोथर्नलाई क्रमशः चार वर्ष, ६ महिना र १८ महिनाको जेल सजाय तोकिएको छ । उनीहरु सबैलाई एकै अभियोगमा जेल सजाय तोकिएको हो ।

 

 

वेट्रेस पेशामा रहेकी कट्टर जर्मनीमा हुने ‘मिस हिटलर’ ब्युटी कन्टेस्टमा सहभागी समेत भएकी थिइन् । ‘मिस बुचनवल्ड’ को नामबाट सहभागी बनेकी थिइन् । उनी लगायत यो समूह विभिन्न समयमा सरकारविरुद्ध भएका प्रदर्शनमा सहभागी हुनुका साथै एक कट्टरपन्थी समूहमा आवद्ध थिए । साथै उनीहरुको समूहलाई २०१६ मा नश्लवाद तथा जातिवाद र समाजमा घृणा र हिंसा फैलाएको भन्दै प्रतिबन्ध लगाइएको थियो ।

 

उनीहरुले यसअघि हिटलरको पक्षमा नारावाजी गर्दै भड्काववादी प्रदर्शन गरेको बताइन्छ । प्रहरीले भने उनीहरुलाई आतंकवादी संगठनको रुपमा चित्रित गरे पनि बर्मिङ्घममा बैठक बस्ने गरेको जनाएको छ । यसका प्रमाण आफूहरुसँग भएको प्रहरीको भनाइ छ । अमेरिका र युरोपका कतिपय देशमा पछिल्लो समय रंगभेद तथा नश्लवाद विरोधी प्रदर्शन र भइरहेका छन् । अमेरिकामा जर्ज फ्लोइडको हत्यापछि यस्ता प्रदर्शन उठेका हुन् । एजेन्सी