प्रधानमन्त्रीको रासलीला, यौनकर्मी महिलासँग सुत्न गएको खुलासा !

प्रधानमन्त्रीे देश चलाउने सर्वोच्च र उच्च पदस्थ व्यक्ति हुन् । उक्त पदमा बसेर प्रधानमन्त्रीले देश र जनताका लागि थुप्रै महत्वपूर्ण कार्य गर्नुपर्ने हुन्छ ।

उक्त पदमा बसेर थुप्रै सीमा र पदीय मर्यादामा आँच नआउने काम गर्नुपर्दछ वा बचाउनुपर्ने हुन्छ । गैरकानुनी बस्तुको उपभोग र संरक्षणलाई मुलुकभर निरुत्साहित गर्नुपर्ने हुन्छ । तर यहाँ प्रधानमन्त्री नै त्यस्ता निरुत्साहित कार्यको प्रोत्साहनमा जुटेको मात्र खुलासा भएको छ ।

 

 

अवैध यौनधन्दा चलाउने एक यौनकर्मी महिलाको काखमा सुत्न प्रधानमन्त्री स्वंम नै पुग्ने गरेको खुलासा भएको हो । घटना बेलायतको राजधानी लण्डनको हो । मसाज पार्लरको नाममा राजधानी लण्डनमा २० वर्षदेखि यौनधन्दा चलाउँदै आएकी ४२ वर्षीय माइरा लिंग फोर्बले देशका प्रधानमन्त्री समेत यौनसम्पर्कको सन्तुष्टि लिन आफूसँग सुतेको खुलासा गरेकी हुन् ।

 

 

उनका अनुसार बेलायतका पाँच वटा प्रधानमन्त्रीले उनीसँग शारीरिक सम्पर्क राखेका छन् । बेलायतमा उनी चर्चित व्युटिसियन मानिन्छिन् । प्रहरीले छापा हान्दा उनको मसाज पार्लरमा यौनधन्दा हुने रहस्य २० वर्षपछि खुलेको हो । प्रहरीको सोधपुछमा माइराले बेलायतका प्रतिष्ठित व्यक्तित्वहरुसँग शारीरिक सम्पर्क राख्दै आएको बताएकी छिन् । यूकेका पूर्व प्रधानमन्त्री एडवर्ड हीथले पनि उनीसँग शारीरिक सम्पर्क राखेको खुलासा भएको छ ।

प्रधानमन्त्री एडवर्ड पदमा भएकै बेलादेखि उनका खास ग्राहक हुन् । यौनधन्दा चलाएको भन्दै माइराविरुद्ध २०१४ मा एउटा उजुरी परेको थियो । जसमा माइराले कलिला बच्चाहरुलाई यो धन्दामा लगाएको आरोप लगाइयो । तर, माइराले पूर्व प्रधानमन्त्री उनको काखमा सुत्न अधिकांश समय आउने र उनी खास ग्राहक भएको खुलासा गरेकी छिन् । बेलायतमा वेश्यावृति धन्दा गर्न बन्देज छ । – एजेन्सी