लद्दाखमा भएको भिडन्तमा ३ जना भारतीय सैनिकको मृत्यु

असार २, नयाँदिल्ली । भारत तथा चीनको सिमा लद्दाखमा सोमवार राती भएको दोहोरो झडपमा तीन जना भारतीय सैनिकको मृत्यु भएको छ ।

लद्दाखस्थित गलवान घाटीमा दुई देशका फौजबीच दोहोरो कुराकानीको क्रममा चीनियाँ फौजले चलाएको गोलि लागि भारतीय फौजका एक अधिकृतसहित अन्य दुई जना सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

 

 

भारतीय सेनाले घटनाको पुष्टि गर्दै घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको छ । लद्दाख घाटीमा भएको दोहोरो हिंस्रक झडपलाई लिएर यतिखेर दुवै देशका सैन्य अधिकारीहरु स्थितिलाई सामान्य पार्न विशेष वैठकमा सहभागी भएका छन् ।

भारत तथा चीनबीच मे महीनाको शुरुवाती दिनदेखि लद्दाख सिमामा सिमा विषयलाई लिएर विवाद बढीरहेको छ ।

 

 

भारतले सो क्षेत्रमा सडक निर्माणको काम शुरु गरेपछि सो कार्यको विरोध गर्दै चिनियाँ फौजहरु ठूलो संख्यामा तैनाथ गरिएको थियो । उक्त क्रममा पछिल्लो घटना भएको भारतीय समाचार एजेन्सी एएनआईले बताएको छ । एजेन्सी