सर्वाधिक डाउनलोड हुने एप बने चिंगारी र मित्रो

नयाँ दिल्ली (भारत) । भारतले चिनियाँ शर्ट भिडियो एप टिकटकलगायत ५९ एपमाथि लगाएको प्रतिबन्धको लाभ यिनीहरुको भारतीय प्रतिस्पर्धी एपहरुलाई भएको छ ।

सरकारको पछिल्लो निर्णयसँगै टिकटकको प्रतिस्पर्धी एप चिंगारी मित्रोको डाउनलोड ह्वात्तै बढेको छ । पछिल्लो समय यी दुई एप गुगल प्लेस्टोर र एप्पल एपस्टोर शीर्ष स्थानमा उक्लिएका छन् ।

एप स्टोरमा ४ दशमलव १ स्टार रेटिङसहित शीर्ष निःशुल्क एपको सूचिमा चिंगारी दोस्रो स्थानमा छ । गुगल प्ले स्टोरमा पनि ४ दशमलव ५ स्टार रेटिङ सहित यो ५० लाखभन्दा धेरै पटक डाउनलोड भएको छ । प्ले स्टोरमा पनि चिंगारी शीर्ष निःशुल्क एपको श्रेणीमा दोस्रो नम्बरमा रहेको छ । अर्को तर्फ मित्रो एप भने एप स्टोरको शिर्ष निःशुल्क एपको श्रेणीमा चौथो स्थानमा रहेको छ ।

एप स्टोरमा यसले ४ दशमलव ५ स्टार रेटिङ पाएको छ । गुगल प्ले स्टोरमा पनि यो एप औसत ४ दशमलव ५ स्टार रेटिङसहित शीर्ष निःशुल्क एपको श्रेणीमा चौथो स्थानमा छ । यो एप १ करोड पटक भन्दा धेरै डाउनलोड भएको छ । टिकटक भने भारतमा पूर्ण रुपमा चल्न छाडेको छ । यो एप स्टोरमा पनि उपलब्ध छैन । एजेन्सी