हङकङका ३० लाख बासिन्दालाई नागरिकता दिन बेलायत तयार

असार १८, लन्डन (बेलायत) । हङकङका तीस लाख बासिन्दालाई आफ्नो देशको नागरिकता दिन बेलायत तयार रहेको छ । चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानून लागू गरेपछि बेलायतको यस्तो प्रतिक्रिया आएको हो ।

 

 

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधवार हङकङका नागरिकलाई बेलायतमा बस्न र काम गर्ने अधिकार दिने बताएका छन् । यसले करीब ३० लाख हङकङेली प्रभावित हुने छन् ।

 

 

यसअन्तर्गत बेलायती राहदानी भएका करीब तीन लाख ५० हजार र अन्य २६ लाख मानिस पाँच वर्षको निम्ति बेलायत जान पाउने छन् । त्यसको एक वर्षपछि उनीहरुले नागरिकताका लागि आवेदन दिन पाउने छन् ।

नयाँ कानून अन्तर्गत हङकङ प्रहरीले मानिसहरू पक्राउ गर्न थालेलगत्तै जोन्सनको यस्तो अभिव्यक्ति आएको हो । नयाँ सुरक्षा कानूनले हङकङको स्वतन्त्रा उल्लंघन गरेकोले यसबाट प्रभावित बासिन्दालाई त्यहाँबाट निस्किन बेलायतले बाटो खुला गरिदिएको हो ।

चीनले लागू गरेको कानुन अवज्ञा गरेमा हङकङका नागरिकले आजीवन जेल सजाय समेत भोग्नु पर्ने प्रवधान नयाँ कानूनमा छ । एजेन्सी