गिरिजा प्रसाद कोइरालाको ९७ औँ जन्म जयन्तीका अवसरमा डिजिटल अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

नेपाली राजनीतिका शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको ९७ औँ जन्म जयन्तीका अवसरमा गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले “नेपालको वर्तमान राजनैतिक घटनाक्रम र गिरिजाप्रसाद कोइराला” विषयक डिजिटल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रवार आयोजित डिजिटल कार्यक्रममा बोल्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य, पूर्व उप-प्रधानमन्त्री एवम् जी. पी कोइराला फाउन्डेसनकी केन्द्रीय अध्यक्ष सुजात कोइरालाले सहमति सहकार्यको पाटो नेपाली राजनीतिमा जीवित राख्नुपर्ने बताएकी छन् । देशमा भइरहेका पछिल्ला गतिविधिले लोकतन्त्र,प्रजातन्त्र खतरामा पर्ने तर्फ सङ्केत गर्दे नेतृ कोइरालाले यसका लागि काँग्रेस सचेत बन्नुपर्ने बताइन। फाउन्डेसनकी केन्द्रीय अध्यक्ष सुजता कोइरालाले गिरिजा प्रसाद कोइराला फाउन्डेसन लाई संस्थागत गर्दै लोकतन्त्र, शान्ति र विकास का लागि कार्य योजनाहरू तय गर्दै अघि बढेको छ भन्दै अब छिट्टै गिरिजा बाबुको जीवनी बारे पुस्तक प्रकाशन हुने घोषणा गरिन।

यस्तै नेपाली काँग्रेस केन्द्रीय सदस्य डां शेखर कोइरालाले इतिहासमै राष्ट्रियता अत्यन्त कमजोर भएको बताएका छन् । राष्ट्रियता देख्दा बढेको जस्तो लागे पनि तथ्यगतरुपमा त्यसो नभएको दाबी गरे । वर्तमान सरकार भ्रष्ट भएको र गलत कामको प्रोत्साहनमा निरन्तर लागेको आरोप लगाए । अब प्राप्त उपलब्धि रक्षाका लागि काँग्रेस जुट्ने बेला आएको बताए ।
कार्यक्रममा अमेरिका नेपाल नीति अनुसन्धान केन्द्रका अध्यक्ष डा. राजन पन्त , पूर्व राजदुत डा. दिनेश भट्टराई, मिसोरी केन्द्रीय विश्वविद्यालय प्राध्यापक डा. केशव भट्टराई , वरिष्ठ पत्रकार तथा लेखक हरि अधिकारी लगायतका बक्तहरुले आ आफ्ना धारणा राखेका थिए ।

श्रद्धाञ्जली दिने क्रममा यसै फाउन्डेसनका उपाध्यक्ष द्वय सुवर्ण लामा र रामजी मरासिनी, केन्द्रीय सदस्य विनोद थापा, ने.का. कास्की कि कोषाध्यक्ष लक्ष्मी पाण्डे, ने.वि. सघं पूर्व केन्द्रीय सदस्य ज्ञानल थापा, जी.पी. कोइराला फाउन्डेसन मोरङका संयोजक कौशल निरौला लगायत हुनुहुन्थ्यो।
डिजिटल अन्तरक्रिया कार्यक्रमको संयोजन जी. पी. कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले गरेका थिए ।