नेकपा स्थायी समिति बैठक स्थगित

काठमाण्डाै, २० असार– नेकपा स्थायी कमिटीको शनिबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।

शीर्ष नेतृत्वतहमा पार्टी विवाद समाधानको प्रयास विफल भएपछि आजको बैठक स्थगित भएको हो । बैठक २२ असारसम्मका लागि स्थगित भएको छ ।

 

 

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विवाद समाधानका लागि समय दिएर बिहीबार शनिबारसम्मका लागि बैठक स्थगन भएको थियो । दुई अध्यक्षबीच शुक्रबार छलफल भए पनि विवाद समाधानमा कुनै ठोस प्रगति भएन ।

 

 

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित स्थायी समितिका ३२ नेता ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै दि छाड्नुपर्ने अडानमा छन् । ओली भने दुवै पद छाड्न तयार छैनन् । पछिल्लोपटक नेताहरुलाई समेत ढाँटेर जारी संसद अधिवेशन अन्त्य गरेपछि ओलीको थप विरोध भएको छ ।