अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३६ हजार ६४९ पुग्यो

असार २७ । अमेरिकामा कोरोनाको कहर अझै रोकिएको छैन । कोरोनाबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा घटेको छैन भने त्यस्तै सामाजिक दूरी कायम नहुदा संक्रमितको संख्या भने बढिनै रहेको देखिएको छ ।

 

 

पछिल्लो २४ घण्टामा अमेरिकामा ८४२ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३५ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ३६ हजार ६४९ पुगेको छ ।

 

 

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ७१ हजार ५४२ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ३२ लाख ९१ हजार ३२२ पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म १४ लाख ५४ हजार २८५ जना ठिक भएका छन् । त्यस्तै अमेरिकामा अहिले १५ हजार ६९९ जना आइसीयुमा उपचारत रहेका छन् ।

 

 

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । न्युयोर्कमा ३२ हजार ३७५ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख २५ हजार ९९५ जना संक्रमित भएका छन् ।

त्यस्तै न्यूजर्सीमा १५ हजार ५५३ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ७८ हजार २१८ जना संक्रमित भएका छन् ।

त्यस्तै मसाचुसेट्समा ८ हजार २९६ जनाको ज्यान गएको छ ।

त्यस्तैगरि इलिनियोइसमा ७ हजार ३४५, त्यस्तै पेन्सिलभेनियामा ६ हजार ९३६, क्यालिफोर्नियामा ६ हजार ९४९, मिचिगनमा ६ हजार २८५, कोनेक्टीकटमा ४ हजार ३४८, फ्लोरिडामा ४ हजार १०२, लुसियानामा ३ हजार ३८५ जना, मेरिल्याण्डमा ३ हजार ३०३, टेक्सासमा ३ हजार १३१, ओहियो ३ हजार ३७, जर्जियामा २ हजार ९६५ र इन्डियानामा २ हजार ७४८ जनाको मृत्यु भएको छ ।एजेन्सी