शितलज्योति युवा क्लबको रक्तदान कार्यक्रममा ५८ युनिट रगत संकलन

पोखरा । शितलज्योति युवा क्लब पोखरा १२ ले  आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ५८ युनिट रगत संकलन भएको छ ।

 

 

पोखरा १२ शितलादेवि मन्दिर परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा क्लबका निवर्तमान उपाध्यक्ष मिन प्रसाद गुरुङले रक्तदान गरी कार्यक्रमको शुरुवात गरेका थिए ।

 

 

बिगत वर्षहरुमा पनि क्लवले रक्तदान कार्यक्रम आयोजना गरीदै अाएकाेमा यस वर्ष क्षेत्रिय रक्त सञ्चार सेवा पोखरामा रगतको अभाव भएको जानकारी आएकोले आकस्मिक रक्तदान कार्यक्रम गरी रगत संकलन गरिएको शितलज्योति क्लबका अध्यक्ष सन्तोष गुरुङले बताए ।

कोरोना महामारीका कारण उत्पन्न परिस्थितिलाई ध्यान राख्दै सामाजिक दुरि कायम गरि कार्यक्रम सम्पन्न गरिएको क्लवका सचिव पुर्ण गुरुङले जानकारी दिए ।